नवदुर्गा देवगणको देवाली पुजा (स्वं छा) एक चर्चा


असार ३, २०८३, बुधबार | साँझ ०६:२७ बजे | 105


नवदुर्गा देवगणको देवाली पुजा (स्वं छा) एक चर्चा

नारायणमान बनमाला
मातृ शताब्दी कालदेखि मानव समाजमा दानव र मानवबिच भइरहेको द्धोेन्दात्मक बिषयमा आधारित सत्यमाथि असत्य कहिले नतिक्ने आधार मानी श्री नवदुर्गा जात्रा हरेक बर्ष संचालन गर्ने गरिन्छ ।  देवगणहरुको छुटाछुटै पहिचान रहेको जिम्मेवारीका साथ मांसाहारी, शाकाहारी नारी क्रोध, नारी सुन्दरता जेष्ठ घरमुलीको जिम्मेवारी, दाम्पत्य जीवनमा हुने कृयाकलाप, सरसफाई शिक्षा, मतिना नाच, बालक चकचकेपना, पारिवारिक भुमिका समेत प्रस्त देखिन्छ । साथै व्यक्तिगत कार्य विभाजन, सामुहिक भावनाको संरचना, पंचरंगको महत्व, खानाको पहिचान, मतिना नाच, दानव र देवगणको युद्धको भुमिकाहरु, बाजाको तालमा गीती बोल र भाषाको शब्दमा जात्रा हुने गर्छ । 
यसै क्रममा हरेक बर्ष आठ महिना मुकुन्दो सहित विभिन्न स्थानमा जात्रा हुने क्रममा भक्तपुर नगरमा मात्र २१ स्थानमा टोल टोलमा गएर ङालाकेगु जात्रा हुने गर्छ भने जिल्ला बाहिर काठमान्डौं जिल्ला पशुपति क्षेत्र जय वागेश्वरी, टोखा, चपली, बुढानिलकण्ठ न.पा चुदी खेल, गोकर्ण न.पा, मध्यपुर न.पा, सुर्यविनायक न.पा गामचाः, साखु संखरापुर न.पा, चॉगुनारायण न.पा काभ्रे जिल्ला सांगा, नाला, धुलिखेल, श्री खण्डपुर बनेपा न.पा र पनौती न.पा लगायत ङालाकेगु जात्रा सम्पन्न गरिन्छ । साथै  चार महिना मुकुण्दो बिना विभिन्न तिथी मितिमा जात्रा हुने अथवा मन्दिरमा पुजा आराधना हुने गरिन्छ । 
यस नवदुर्गा देवगण जात्राले ईतिहासिक तथ्य अनुसार मानवमा जन्म पश्चात मृत्यु हुन्छ भन्ने विषयमा चिरितार्थ गर्ने उद्देश्यका साथ नेपालकै लामो जात्रा संचालन हुने गरिन्छ । सोही अनुसार यस बर्षको ऐतिहासिक भक्तपुर नगरको प्रसिद्ध मल्लकालिन अवस्थाबाट संचालित मानव समाजमा आधारीत श्री नवदुर्गा भवानीको यस वर्षको देवाली पुजा (स्वं छा) अर्थात देवगणको कुल देवता पूजा एतिहासीक परम्परा अनुशार हरेक वर्षमा पूजिने देवाली पूजाबाट मानव समाजमा रितितिथि परिकारको भोजन मानव शरिरमा आवश्यक पोषण खाना सरसफाई प्रकृतिसंग सामाना गर्ने आधार शक्ति प्राप्त हुने सन्देसको रुपमा देवाली पूजा गर्ने परम्परा रहेको नवदुर्गा देवगणको देवाली पूजाबाट प्रष्ट देखिन्छ । 
यस वर्षमा फुरस्त महिना (अथवा मलमास) तीन बर्षको एकचोटी आउने तिथि अनुसार थप महिना (अथवा थप तिथि) अलाला पुन्हि, अलाला चन्हे तिथिका कारण दिवाली पुजा असार महिना सम्ममा हुन गईरहेको देवगणको भनाई रहेको छ । वर्षभरिमा हरेक चुनौतीहरुसंग सामना गर्न शुस्वास्थ रहन परिवारहरुको मिलन रहने कूल शान्ती रहोस भनि आशाका साथ यस बर्षको देवाली पूजा मिति २०८३ असार ४ गते चतृर्थी बिहिबारको दिनमा श्री नवदुर्गा मन्दिर गछेस्थित सम्पूर्ण देवगणहरुको जिम्मेवारीका साथ विहानदेखि विभिन्न फुलको तोलन (स्वं खचा) बनाएर अति रंगिचंगी फुलको माला र दिवाली पुजाको सम्पुर्ण साधान भोज सामाग्रीहरु तयार गरि व्यस्त रहि देवाली पूजा सम्पन्न गरिन्छ । साथै यस वर्षको देवगणहरुले वर्षभरि विभिन्न परिकारहरुको भोजन पश्चात दिवाली दिनमा ऐतिहासिक परम्परा अनुसार आफ्नो घर परिवारबाट घरमा साफा शुद्ध गरि मुल पुजा साधाण तयार गरि प्रत्येक एक देवगणले वलीको रुपमा भाले चढाउनु पर्नेुको साथै आफ्नो क्षमता अनुसारको नित्य कर्मको साधना गर्दै पुजा शुभारम्भ हुने गर्छ । पुजा तयारी क्रममा विहानदेखि मन्दिरको चाकमा सरसफाईका साथ देवताको मुकुन्दोहरु चोकमा विराजमान गरिन्छ । सोहि लगतै देवगणहरुले पुजा साधान मन्दिर भित्रयी क्रमस खी वाजा तं बाजा कंसबाजा भैरव महाकाली, बाराही, कुमारी, धोम्हा पोमी, दातिम्हा पोमी, झिम्हा पोमी गणेश,ब्रम्हाायणी,महेश्वरी, भद्रकाली, गर्दै अन्तिममा मन्दिरको पुजारी   (नकी) बाट मुलपुजा चढाई अन्तिम बली थुम्हा  भेडा बली दिइने चलन रहेको छ । पुजा गर्ने क्रममा भैरव काली बाराही तीन जना देवगणले सेतो जामा (घाजीनं) पहिरण गरि मन्दिरको चोकमा देवताहरुलाई फुलको मालाले झिलीमिली गर्दे क्रमश पुजा गरिन्छ । साथै दिनभरिको पुजा ऐतिहासिक किवदंति अनुसार रहेको छ भने कुनै बेला बर्षा नहुदा खेरी नवदुर्गाको देवाली पुजाको दिनदेखि मनसुन बर्षा हुने जनविश्वास पनि रहेको छ । 
नेवार जातिको सास्कृतिक परम्परा अनुसार वर्षको एक दिन सुस्वास्थ र आफ्नो गरेको काम सफलता मिलोस दिन दसा राम्रो होस भनि देवाली पुजा गर्ने परम्परा मातृ सताप्ति कालदेखि नवदुर्गा देवगणबाट सुरु भएको देवाली पुजा दिसा बोध गरेको देखिन्छ । साथै सोहि दिन देवगणका सम्पूर्ण परिवार हर्ष उलासका साथ प्रसाद ग्रहण गरिन्छ । देवगणहरुको भनाइ अनुसार वर्षभरि देवताको प्रसाद ग्रहण गरेको देवाली पुजाको दिनमा पुर्ण तयार गरि देवतालाई चढाई खाएको मुक्त हुने र फलीफाप हुने भनाइ रहको छ । विभिन्न परिकार मध्य अण्डा ,बारा, चतामारी,जाड रक्सी, सम्हेबजी, मासुको परिकार , गोजा , अछेता, फुलका मालाहरु, फलफुल परिकारहरु, सतुङको डल्लो सम्पूर्ण परिकार चढाउनु पर्ने व्यवहारिकता छ । यस वर्षको नवदुर्गा देवगणको जात्रा पनि अन्तिम चरणमा आठ दिन पश्चात मिति २०८३।०३।११ गते बिहीबार दरवार क्षेत्र इछु तोलमा ङालाकेगु (माछा मार्ने) सम्पन्न गरिन्छ । त्यसपछि दश दिनपछि तलेजु मुलचोकमा सिं जा नकेगु (अन्तिम भोज) असार २१ गते आईतबार कालरात्रीको दिनमा नाच सम्पन्न गरिन्छ । सोही लगतै २०८३ असार २३ गते मंगलबार भलभल अस्टमीको दिनमा भक्तपुर नगर परिक्रमा गरि वडा नम्वर ९ ब्रमायणी पीठमा न्याखिं बाजा को साथमा मुकुन्दो जालाउने (जले विज्याकेगु) गरि यस वर्षको नवदुर्गाको जात्रा सम्पन्न गरिन्छ । 
आशा छ यस नगर तथा सम्पुर्ण भक्तजनहरु दिवाली पुजा कायक्रममा दर्शन गर्न आउने आशा र नवदुर्गाको ऐतिहासिक परम्पराबारे जानकारी गराउन आफ्नो क्षेत्र स्थानीय तह सम्वन्धित निकायबाट आवश्यक सहयोगको आशा एवं विश्वास गर्दै भक्तपुर नगरपालीकाको सांस्कृतिक धरोहरलाई जोगाई पहिचान रहने विश्वास दिलाउन चाहन्छु ।
नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाका 
प्रमुख  सल्लाहकार 
नारायणमान वनमाला

फाेटाेमा हेर्नुहाेस्...

नवदुर्गा देवगणको देवाली पुजा (स्वं छा) एक चर्चा

Comments

ताजा खबर