एकदिने टिमुरको छोप तथा चाइनिज सस बनाउने तालिम सम्पन्न


असार १, २०८३, सोमबार | विहान १०:२० बजे | 50


एकदिने टिमुरको छोप तथा चाइनिज सस बनाउने तालिम सम्पन्न

भक्तपुर, जेठ ३१ । उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको महिला उपसमितिको आयोजनामा आइतबार टिमुरको छोप तथा चाइनिज सस बनाउने तालिम सम्पन्न भयो । संस्थाका कार्यबाहक अध्यक्ष तथा कार्यक्रम सभापति न्हुछे बहादुर प्रजापतिले बजारमा पाइने केमिकल तथा रसायनको अमिलो अचारलाई घरेलु रूपमा तयार हुने अचारलेे विस्थापित गर्ने सकेमा स्वस्थ भान्सा तयार हुने बताउँदै इमानदारीपूर्वक सञ्चालन गरिएको विभिन्न तालिम तथा गतिविधिप्रति साधारण सदस्यले चासो राख्नुपर्ने बताउनुभयो । उक्त तालिममा उपसमिति सदस्य सुलोचना प्रजापतिले फुर्सदको समय सदुपयोग गर्दै घरमै तयार गर्न सकिने अचारले स्वस्थ परिवार बनाउने बताउँदै घरेलुु अचार तथा सस बनाउनका लागि आवश्यक सामाग्री, बनाउने तरिका तथा प्रयोग विधिबारे जानकारी दिनुभयो । संस्थाले गत बैशाख २१ गतेबाट ३५ जना प्रशिक्षार्थीहरुलाई मादल, बाँसुरी तथा ढोलकको संयुक्त प्रशिक्षण दिईरहेको छ । इच्छुकलाई उक्त तालिममा सहभागिताको लागि अझै खुल्ला गरिएको छ । संस्थाका व्यवस्थापक पूण्यराम गोसाइले तालिम सञ्चालन नाफा घाटा भन्दा पनि सदस्यहरूको समयलाई सदुपयोग गरि स्वस्थ सदस्य तथा परिवारको लागि लागि सदस्य लक्षित कार्यक्रम गरिरहेको बताउनुभयो एकदिने टिमुर छोप र त्यसको अचार तथा चाइनिज सस बनाउने तालिममा १४ जना प्रशिक्षार्थीहरुको सहभागिता रह्यो ।

Comments