शैलजा दिदिको सम्झनामा ....


जेठ ३०, २०८३, शनिबार | दिउँसो ०१:२३ बजे | 45


शैलजा दिदिको सम्झनामा ....

सुनील सापकोटा

बिराटनगर , बरगाछि “

तेजश्वी छ त्यो (शैलजा) र उपयुक्त अवसर पाई भने उपयुक्त पुरुषको प्रेम सम्बन्धमा बाँधिन पाई भने– त्यसको तेजश्वीता हितकर हुनेछ, नत्र त्यसले विपद ल्याउन बेर मान्नेछैन । अग्निको स्वभाव । ” जेल जर्नल पुस्तक वीपी कोइराला नेपालको राजनैतिक वृत्तमा शैलजा आचार्य को नाउँ न सुनेका मनिसहरु विरलै होलान् । मेरो पुस्ता वा म भन्दा आठ दस बर्ष जेठा नेपाली काङ्ग्रेसका सिनियर साथीहरूले वहाँलाई दिदी नै भनेर सम्बोधन गर्थे । मैले वहाँ लाई नेपाली काङ्ग्रेसको विभिन्न कार्यक्रमहरुमा देखेता पनि वहाँ सङ मेरो दोहरो चिनजान थिएन । तर पछी संयोगले भनौंं चिनजान गर्ने र बोल्ने मौका भने मिल्यो । पहिलो पल्ट नेपाल बैंंक लिमिटेड सिटीअफिस बिराटनगरमा र दोस्रो पल्ट बिराटनगर स्थित वहाँकै निवासमा। पहिलो पटक भेटदा वहाँ त्यो बेला आफ्नो काम बिशेषले बैक आउँनु भएको थियो। त्यो बेला उक्त बैंकमा म संगै कार्यरत डिपार्टमेन्ट इन्चार्ज श्रीमती पूर्ण माया वस्नेत( जो नेपाली काङ्ग्रेस मोरङको पूर्व जिल्ला सभापति बद्री नारायण वस्नेतको पत्नी ) ले यी भाइ पनि हाम्रै ने०वि०संघको भाइ हुन भनी मेरो परिचय गराउनु भएको येति का बर्ष बितेता पनि मलाइ हिजो अस्ति जस्तो लाग्छ । शायद २०४५ साल तिरको कुरा हो यो। त्यो बेला मैले दिदी लाई आफ्नो परिचय दिने क्रममा आफ्नो आमा को नाम लिएर म वहाँको छोरा हुँँ भनी चिनाउन खोजेको थिए । किनभने मेरी आमाको भनाइ अनुसार - शैलजा दिदी केटाकेटीमा वहाँ सङ खेल्ने साथि थिइन भनेर आमाले मलाइ शैलजा दिदिको कुरा चल्दा भन्ने गर्नु हुन्थ्यो।यसरी मैले आफ्नी आमाको नाम लिएर दिदी ! चिन्नुहुन्छ ? भन्दा वहाँले मैले बिर्से भन्नु भएको थियो। दोस्रो पटक चाहिँ गिरिजा बाबु प्रधानमन्त्री भएको बेला नेपाली काङ्ग्रेसका साथीहरू सङ दिदिको निवासमा भेट्न् जाँँदा मेरो वहाँ सङ पुनः पुरानो परिचयको रिन्यू भएको थियो। त्यो बेला वहाँ गिरि जा बाबूको सरकार र तिनका केही मन्त्रीहरु सङ ज्यादै अस न्तुष्ट देखिनु हुन्थ्यो । गिरिजा बाबूलाई वहाँका आसेपासेहरु र केही भ्रष्ट मन्त्रीहरुले नै डुवाउने छन्, भनेर शैलजा दिदिले त्यो बेला हामी सङ कुराकानीको क्रममा भनेको शब्द मेरो स्मरणमा अझै ताजा नै छ । पछी गिरिजा बाबू सङ वहाँ को मतभेद भयो र वहाँले उप- प्रधानमन्त्री र जलश्रोत मन्त्री पद त्याग्नु पर्यो।राजनिती एउटा साधु वादी पेशा हो, भन्ने मूल्य र मान्यतामा आधारित भइ लोकतान्त्रि क राजनैतिक सिद्धान्तमा नैतिकता र इमानदारीको राजनिती गर्ने दिदी चाहिँ गिरिजा बाबूको त्यो मन्त्री मण्डलमा टिक्न सक्नु भएन मेरो बिचारमा वहाँ नेपाली काङ्ग्रेसको एक साहसी , त्यागी र इमा नदार उच्च श्रेणीको महिला नेत्री हुनुहुन्थ्यो । पंंचायती ब्यव स्था को बिरुद्धमा किशोर अवस्था देखि नै सक्रिय भइ मुलुक र जनता को हकहितका लागि लोकतान्त्रिक समाजवाद ल्याउन संघर्षरत रहेका कारण वहाँले लामो समय जेल जीवन र भारतमा निर्वासित जीवन बिताउनु परेको थियो। आफ्नो मामा जननायक वी. पी.कोइ रालाको नजिकमा रहेर राजनितिक यात्रा शुरु गर्नु भएको वहाँले आफ्नो जिवनको अन्तिम घडी सम्ममा पनि वी . पी . को बिचारमा नै अडिग रहनु भएको पाइन्छ । धेरै के लेखुँँ । वहाँका बारेमा लेख्ने कुराहरु थुप्रै छन ।त्यसैले ८ मई १९४४ मा जन्मिनु भएकि र २०६६ साल जेठ २९ गते लगभग ६७ बर्षको उमेरमा मुलुकको अवस्था प्रती चिन्तित र दुखी भएर महायात्रामा लाग्नु हुने शैलजा दिदी प्रती म हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछुु । धन्यवाद !

Comments