अभियन्ता लामाले बुझाए उपमेयरलाई ज्ञापनपत्र


जेठ १९, २०८३, मङ्गलबार | राति ०९:३४ बजे | 125


अभियन्ता लामाले बुझाए उपमेयरलाई ज्ञापनपत्र

काभ्रे । भ्रष्टाचार बिरोधी अभियान्ता प्रेमध्वज लामाले मंगलबार काभ्रेको नमोवुद्ध नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक रत्न लामासमक्ष ज्ञापनपत्र बुझाएका छन् । काभ्रेको नमोवुद्ध नगरपालिकाका विभिन्न वडाहरुमा रहेका क्रसर तथा जग्गा प्लटिगहरुको अनुगमन गरी आवश्यक कारबाही अगाडि वढाउन मागसहित उनले ज्ञापनपत्र बुझाएका हुन् । नगरपालिका क्षेत्रका क्रसर तथा प्लटिंगहरुले सार्वजनिक जग्गाको अतिक्रमण गर्नेलगायतका विविध अनियमितता गरेको देखिएकाले त्यस्ता उद्योगहरुमाथि कारबाही चलाउन उनले माग गरेका हुन् । ज्ञापनपत्र बुझेपछि उपमेयर लामाले आवश्यक अनुगमन गरी अवैध देखिए बन्द गराउन प्रशाशनलाई सिफारिस गर्नसक्ने जानकारी गराए ।  
 

Comments