तीनदिने एटलास टीआई कार्यशाला सम्पन्न


जेठ १९, २०८३, मङ्गलबार | राति ०७:४३ बजे | 65


तीनदिने एटलास टीआई कार्यशाला सम्पन्न

कीर्तिपुर, जेठ १९ गते । गुणात्मक अनुसन्धानमा तथ्यांकलाई सरल र सहज रुपमा विश्लेषण गर्न सकिने एटलास टीआईको तीनदिने कार्यशाला सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा मंगल बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलले जेठ १५ देखि तीनदिनसम्म कार्यशाला आयोजना गरेको हो । कार्यशालामा केन्द्रीय शिक्षा शास्त्र संकाय, शहीद स्मारक कलेज, नेपाल आर्मी अफ हेल्थ साइन्सेस, पद्मकन्या क्याम्पस, ट्रिनिटी इन्टरनेसनललगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो । तीनदिने कार्यशालामा डा. उमानाथ शर्मा, डा. टेकमणी कार्की, डा. यदुराम उप्रेति र डा. श्रीप्रसाद घिमिरेले प्रशिक्षित गर्नुभयो । समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नुभएका विश्वविद्यालय अनुदान आयोगका पूर्वसदस्य तथा क्याम्पसका संस्थापक अध्यक्ष प्राडा शिवशरण महर्जनले आधुनिक युगमा विकसित भएका अनुसन्धानसँग सम्बन्धित प्रविधिले शिक्षण सिकाइमा धेरै सहयोग गरेको बताउनुभयो । यस्तै, मगंल क्याम्पसका पूर्व संस्थापक उपाध्यक्ष प्राडा श्यामकृष्ण महर्जनले प्रविधिले अनुसन्धान गर्न र सिकाइमा सजिलो पार्ने भएकाले शैक्षिक उन्नयनमा थप टेवा पुगेको बताउनुभयो । क्याम्पसका प्रमुख प्रदिप महर्जनले कार्यशालामा लिइएका शिक्षालाई चाँडै कार्यान्वयन गर्न सबै प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

Comments