दुई बालिका सम्पर्कविहीन
जेठ १९, २०८३, मङ्गलबार | साँझ ०५:२१ बजे | 740
फेला परे जानकारी दिन परिवारको आग्रह
काठमाडौंको लगनखेल क्षेत्रबाट हराएकी दुई बालिकाको खोजी कार्य जारी रहेको छ। परिवारका अनुसार १३ वर्षीया सोबनी विश्वकर्मा र १२ वर्षीया प्रशंसा विश्वकर्मा सम्पर्कविहीन भएकी हुन्।
परिवारले दिएको जानकारी अनुसार उनीहरू लगनखेलबाट हराएका हुन्। यसबीच भक्तपुर क्षेत्रमा केही साथीहरूले उनीहरूलाई देखेको सूचना प्राप्त भएको बताइएको छ। त्यसपछि परिवारले खोजी कार्यलाई तीव्र बनाएको छ।
दुवै बालिकाको अवस्था र हालको ठेगाना खुल्न नसकेको भन्दै परिवारले सर्वसाधारणलाई सहयोगका लागि अपिल गरेको छ। उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा वा फेला पार्नुभएमा तत्काल ९८४०७८३६७० नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
बालिकाको खोजीमा परिवार, आफन्त तथा स्थानीयहरू जुटिरहेका छन्। उनीहरूको सुरक्षित उद्धार र परिवारसँग पुनर्मिलनका लागि सहयोग गर्न सबैमा आग्रह गरिएको छ।
फाेटाेमा हेर्नुहाेस्...
