रास्वपा भक्तपुर नगर सभापतिमा यााकामी, अरु कोको भए पदाधिकारीहरु ?


जेठ १७, २०८३, आइतबार | दिउँसो ०२:५५ बजे | 655


रास्वपा भक्तपुर नगर सभापतिमा यााकामी, अरु कोको भए पदाधिकारीहरु ?

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर नगरको प्रथम ऐतिहासिक नगर अधिवेसनबाट सर्वसम्मत रूपमा नगर सभापतिमा संचज्ञान याकामी एक्लैको नाम सभापतिको उम्मेदबारको लागि परेको छ ।  । उपसभापतिमा कृष्णराम चुल्हाद्य, सचिवमा सुमन भेले, सहसचिवमा रबिन्द्र सुवाल एकएकजनाको मात्रै नाम परेको छ । सदस्य पदका लागि सुमित्रा श्रेष्ठ, मनिका नेपाल, सव्रदता बज्राचार्य, सरिता श्रेष्ठ, जयराम प्रधान, मोहनप्रसाद सुवाल र शिवकृष्ण याकामीको नाम परेको छ । उम्मेदबारीमा दलित सदस्य र अन्य एकजना सदस्यमा कसैको उम्मेदबारीमा नाम परेको छैन । त्यसकारण हाललाई दुई सदस्इ पद खाली राखिएको छ । 
अधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको हो । प्राप्त विवरणअनुसार सभापति पदमा सञ्चज्ञान याकामीको सभापतित्वमा १३ सदस्यीय उम्मेदबारहरुको नामावली प्रकाशन गरिएको हो । साथै जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिका लागि समेत उम्मेदवारी दर्ता भएको छ । जिल्ला प्रतिनिधिमा राजेश शिल्पकार र कृष्णराम कोजू रहेका छन् । एकजना प्रतिनिधि भने खाली नै छ । प्रदेश प्रतिनिधिमा सतयराम त्वायना र राजेश सैंजू रहेका छन् । 
महाधिवेशन प्रतिनिधिमा सिद्धिनारायण आचार्य र गौतम पाटी रहेका छन् । निर्वाचन समितिले अधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक तयारी अघि बढाएको जनाएको छ । बताइए अनुसार रास्वपा भक्तपुर नगर अधिवेशनको निर्वाचन सञ्चालनार्थ गठन भएको निर्वाचन समितिको संयोजक अमिर न्यौपानेको अध्यक्षतामा आइतबार बैठक बसेको हो । बैठकले नगर अधिवेशन सम्पन्न गराउन निर्वाचन सञ्चालन समिति गठन गरिएको हो । भेलाले अमिर न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन सञ्चालन समिति गठन गरेको हो । समितिको सदस्यमा प्रल्हाद कार्की र सविता भण्डारी रहेका छन् ।
 

फाेटाेमा हेर्नुहाेस्...

रास्वपा भक्तपुर नगर सभापतिमा यााकामी, अरु कोको भए पदाधिकारीहरु ?

Comments