बक्सिङ कर्वड हलमा आँखा शिविर सम्पन्न
फाल्गुन २२, २०७७, शनिबार | विहान ०५:४८ बजे | 55
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० समितिको आयोजनामा आँखा शिविर उपप्रमुख रजनी जोशीको प्रमुख आथिथ्यतामा एक समारोहबीच कमल विनायक बक्सिङ कर्वड हलमा शनिवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले नेपाल मजदुर किसान पार्टीको घोषणा पत्र अनुसार जनताको स्वास्थ्य र शिक्षामा ध्यान दिदैं ख्वप अस्पताल र जनस्वास्थ्य केन्द्रमा निरन्तर सेवा उपलब्ध गराउँदै आएको र जतिल तथा नसर्ने रोग सम्बन्धि उपचारको लागि रु.१००००।– दश हजार रुपैंया आर्थिक सहयोग गर्दै आएको साथै पश्चिमबाट बहने हावा धुँवा, धुलोका कारण छातीमा समस्या हुने विरामीको लागि छाती पुनःस्थापना केन्द्र स्वास प्रस्वास उपचार केन्द्र नेपाल मै पहिलो स्थापना गरेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरुको आँखा धमिलो भयो भनेर घरमा बस्नुको सट्टा आँखाको समस्या समाधान तिर लाग्नु समझादरी हुने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेज र इन्जिरिङ्ग कलेजमा ६५ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्दे आइरहेको छ भन्नुभयो । उहाँले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला उत्पीडनबाट मुक्त हुनको लागि प्रमुख हतियार भनेको शिक्षा नै भएको बताउँदै आ–आफ्ना सन्तानलाई सु–संस्कार, विकृति र विसंगतिबाट टाढा राखी युवाहरुलाई सचेत र संगठित गर्न खेलकुद प्रति आकर्षण बढाउन प्रतियोगिताहरु आयोजना गरिरहेको साथै स्वस्थ्थ रहन खेलकुद पनि नितान्त आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष चन्द्र बहादुर उलकले समय समयमा जाँच नगरिकन आँखामा के भईरहेको छ भन्ने थाहा हुँदैन जसले गर्दा दृष्टिविहिन हुनुपर्ने जस्ता जटिल अवस्था पनि सामना गर्नुपर्ने हुन सक्छ भन्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा भएको कार्यक्रममा डा.धिरज अधिकारी र वडा सचिव गोबिन्दराम थुसाले पनि बोल्नु भएको थियो ।