दुवाकोटमा सार्वजनिक सुनुवाईः कसले के भने ?


जेठ ७, २०८३, बिहीबार | राति ०९:१५ बजे | 75


दुवाकोटमा सार्वजनिक सुनुवाईः कसले के भने ?

भक्तपुर । इटाभटाबाट वर्षाैदेखि हैरानी भोग्दै आएका भक्तपुरको दुवाकोटबासीले इटाभटा कहिले हट्ने हो भनेर प्रश्न तेस्र्याएका छन् । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं १ र २ दुवाकोटमा बिहीबार छुटाछुटै रुपमा भएको वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी वडाबासीहरुले वडा अध्यक्षद्धयलाई यस्तो प्रश्न तेस्र्याएका हुन् । 
भक्तपुरको दुई वटा नगरपालिका चाँंगुनारायण र सूर्यविनायकमा प्रत्येक वर्ष इटाभटा सञ्चालन हुँंदै आएका छन् । नगरपालिका क्षेत्रका विभिन्न स्थानहरुमा सञ्चालन भइरहेका इटाभट्टाका कारण वातावरण प्रदूषण, धुलोधुवाँ र कृषि उत्पादनमा असर परेको भन्दै स्थानीयवासीले “इटाभट्टा कहिले हट्ने हो ?” भनेर प्रश्न उठाएका छन् ।
स्थानीय बासिन्दाले वर्षौंदेखि इटाभट्टाबाट निस्कने धुवाँ, धुलो तथा प्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर परेको गुनासो गर्दै सम्बन्धित निकायले तत्काल दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका हुन् । उनीहरूले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू बढी प्रभावित भएको उल्लेख गरेका छन् ।
स्थानीयवासीका अनुसार इटाभट्टाबाट निस्कने बाक्लो धुवाँका कारण बिहान र साँझको समयमा हावा प्रदूषित हुने गरेको छ भने खेतीयोग्य जमिनको उर्वराशक्ति समेत घट्दै गएको छ । “खेती गर्न गाह्रो भइसकेको छ, घरभित्र बस्दा समेत धुलो पस्छ, अब इटाभट्टा हटाउने कि नहटाउने ?” भन्दै एक स्थानीयले आक्रोश व्यक्त गरे ।
स्थानीयहरूले नगरपालिकासहित सम्बन्धित सरकारी निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको आरोप लगाएका छन् । वर्षाैदेखि यो समस्या निरन्तर भोग्न बाध्य हुँंदै आएको सार्वजनिक सुनुवाईमा सहभागी वडाबासीहरुले बताए । उनीहरूले वातावरणमैत्री उद्योग सञ्चालन गर्नुपर्ने भए पनि बस्ती नजिक प्रदूषण फैलाउने उद्योग सञ्चालन हुन नहुने तर्क अगाडि सारे ।
यस विषयमा स्थानीय तहका जनप्रतिनिधिले वातावरण संरक्षण र जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर आवश्यक अध्ययन तथा छलफल भइरहेको बताए । यद्यपि स्थानीय भने तत्काल कार्यान्वयनमुखी निर्णय आवश्यक रहेको बताउँछन् ।
स्थानीयहरूले बस्ती नजिकका इटाभट्टा व्यवस्थित गर्न, मापदण्डविपरीत सञ्चालन भएका उद्योग बन्द गर्न तथा वैकल्पिक वातावरणमैत्री उपाय अवलम्बन गर्न माग गरेका छन् ।
भक्तपुर इटा उद्योग व्यवसायी संघका अनुसार जिल्लामा झण्डै पाँंच दर्जन इटाभटाहरु सञ्चालित छन् । ती इटाभटाहरु प्रत्येक वर्ष मंसिरबाट सुरु भई वैशाखसम्म सञ्चालन हुने गर्दछ । यो क्रममा खलामा पारिएका काँंचो इटा पोल्ने काम हुन्छ । यही काँंचो इटा पोल्ने क्रममा इटाभटाबाट आउने कालो धुवाले जनजीवन प्रभावित हुँदै आएको स्थानीयले बताएका छन् ।  
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष सिजन कार्की र वडा नं २ का वडा अध्यक्ष सोमप्रसाद प्रधान दुवैले छुटाछुटै रुपमा आआफना वडाबासीहरुले उठाएको जिज्ञासाको जवाफ फर्काएका थिए । 
 

फाेटाेमा हेर्नुहाेस्...

दुवाकोटमा सार्वजनिक सुनुवाईः कसले के भने ?

Comments