काभ्रे माओवादीमा पहिरो 


जेठ ६, २०८३, बुधबार | साँझ ०६:०९ बजे | 975


काभ्रे माओवादीमा पहिरो 

काभ्रे । प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजबादी काभ्रेमा पहिरो गएको छ । तत्कालिन प्रचण्ड नेतृत्वको माओवादी काभ्रेका चर्चित नेता मिन्डू लामाले पार्टी छाडेसँगै सो पार्टीको काभ्रे जिल्लालाई अपुरणीय क्षति पुगेको हो । 
मिण्डू लामा हालै मात्रै कुलमान घिसिंग अध्यक्ष रहेको उज्ज्यालो नेपाल पार्टी प्रवेश गरेका हुन् । उनी अहिले उज्ज्यालो नेपाल पार्टी काभ्रे जिल्लाको उपाध्यक्षको कार्यभारमा पुगेका छन् ।
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ को पूर्व माओवादी केन्द्रको अध्यक्ष, प्रदेश कमिटी सदस्य रहेका लामा नमोबुद्ध नगरपालिकाको पार्टीको खम्वा थिए । उनीसँंगै नमोवुद नगरपालिकाका माओवादीका सयौं कार्यकर्ताहरु उज्ज्यालो नेपाल पार्टीमा प्रवेश गरेको बताइएको छ । 

Comments