रास्वपा चांँगु सभापतिमा रोशन थापा, अरु कोको छन् पदाधिकारी ?


जेठ २, २०८३, शनिबार | साँझ ०५:२४ बजे | 285


रास्वपा चांँगु सभापतिमा रोशन थापा, अरु कोको छन् पदाधिकारी ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेकाे गृह नगर चाँगुनारायण नगरकाे नेतृत्व राेशन थापाले गर्ने भएका छन् । शनिवार सम्पन्न रास्वपा चाँगुनारायण नगर समितिकाे पहिलाे ऐतिहासिक अधिवेशनले थापालाई ५ बर्षे कार्यकालकाे लागि सभापतिमा सर्वसम्मत निर्वाचित गरेकाे हाे । केन्द्रीय सदस्य सुरज प्रधान, जिल्ला सभापति रामेश्वर बस्नेत, जिल्ला सचिव एवम् प्रतिनिधि सभा सदस्य रूकेश रंजित, प्रतिनिधि सभा सदस्य राजिव खत्री लगनयतकाे उपस्थितिमा सम्पन्न अधिवेशनले उपसभापतिमा नारायणी महत भडेल, सचिवमा प्रमोद न्याैपाने र सहसचिवमा रामगाेपाल नायाजु पनि सर्वसम्मत निर्वाचित गरेकाे छ । यस्तै, सदस्यहरूमा विष्णु सुवेदी, अस्टमान तामाङ, महिमा मगराती सार्की, श्याम बास्ताेला, विना चाैलागाईं, रामराजा कार्की, दुर्गा गिरि, राम बहादुर थापा र उमेश न्याैपाने पनि सर्वसम्मत निर्वाचित गरेकाे छ । अधिवेशनले उमा पुरी, सुनिल सिलवाल र गाेकुल गिरि जिल्ला प्रतिनिधि, सुस्मा श्रेष्ठ र केदार गिरि प्रदेश प्रतिनिधि तथा रामेश्वर थापा र शिवराम सुवेदी केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन गरेकाे छ ।

Comments