भोलिका दिनमा दुर्घटना भए जिम्मेबारी सूर्यविनायकका मेयरले लिनुपर्छ


जेठ १, २०८३, शुक्रबार | साँझ ०५:४६ बजे | 230


भोलिका दिनमा दुर्घटना भए जिम्मेबारी सूर्यविनायकका मेयरले लिनुपर्छ

भक्तपुर । भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले भोलिका दिनमा भक्तपुरको सूर्यविनायक क्षेत्रमा बाढीपहिरोले कुनै क्षति भए त्यसको सम्पूर्ण जिम्मेबारी सूर्यविनायक नगरपालिकाले लिनुपर्ने जिकिर गरेका छन् । भक्तपुरमा विभिन्न ठाउँंहरुमा भइरहेको अवैध जग्गा प्लटिंगकै कारण बाढीपहिरो आउने गरेको भन्दै आउने वर्षामा पनि यस्ताखाले कुनै दुर्घटना भए त्यसको जिम्मा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा र त्यहाँं जनप्रतिनिधिहरुले लिनुपर्ने जिकिर उनले गरे । 
शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी उनले अहिले पनि अवैध जग्गा प्लानिंग जथाभावी जहाँंतही भइरहे पनि नगरपालिका सिंगो टिम आँखा चिम्लेर बसको आरोप उनको छ । उनले यसविरुद्ध आफू अदालतसम्म पनि जाने चेतावनी दिए । 
यस विषयमा उनले भक्तपुरका सांसद्, नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरु, स्थानीय प्रशाशनलगायतका सवै सरोकारवालाहरुको ध्यानाकर्षण पनि गराए । यसबारेमा आफूले उच्च तहसम्म पनि ध्यानाकर्षण गराइरहेको र गराइरहने उनले बाचा गरे । 
वर्षा सुरु हुन लागेसँंगै वाढीपहिरोबाट अकालमा ज्यान जानसक्ने भन्दै उनले चिन्ता पनि व्यक्त गरे । विशेष गरेर जिल्लाको सूर्यविनायक र चाँंगुनारायण नगरपालिका क्षेत्रका वडावडामा सयौं अवैध प्लटिंगहरु हुने गरेको र ती प्लटिंगका कारण वर्षामा वस्ती नै सखाप हुनसक्ने चिन्ता उनले व्यक्त गरे । पहाडी क्षेत्रको रुपमा रहेको जिल्लाको सूर्यविनायक र चाँंगुनारायण नगरपालिकाका डाँंडाँंडाँंडामा जथाभावी अवैध प्लटिंग कार्य निरन्तर जारी छ ।
फरक प्रसंगमा उनले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणप्रति चिन्ता व्यक्त गरे । जिल्लाका चार वटै नगरपालिकाहरुमा सार्वजनिक जग्गा अतिक्रमण भएको विषय पछिल्लो समय नापी र मालपोत कार्यायल भक्तपुरबाट सार्वजनिक भएको थियो ।
लामाले देशमा उद्योगधन्दाहरु वढाउनुपर्नेमा वन्द गर्ने योजना ल्याइएको भन्दै आपति प्रकट गरे । प्रदूषणका नाममा भक्तपुरका इटाभटाले हजारौ युवाहरुलाई रोजगारी दिइरहेको भन्दै त्यस्ता भटाहरुलाई वन्द नभई व्यवस्थित गर्नुपर्नेमा विशेष जोड दिए । यस्ता उद्योगहरु बन्द भए युवा विदेश पलायन अझै भयावह हुने उनको भनाई थियो । पछिल्लो समय भक्तपुर क्षेत्र नं १ का सांसद् रुकेश रञ्जितले जिल्लाका इटाभटाहरुलाई वन्द गर्नुपर्ने विषयमा संसदमा ध्यानाकर्षण गराएका थिए ।  
 

Comments