रास्वपा मध्यपुर थिमि–८ वडा कार्यसमिति सर्वसम्मत चयन
बैशाख ३०, २०८३, बुधबार | राति ०७:१९ बजे | 365
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत मध्यपुर थिमि नगरपालिका–८ नं वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । नवगठित कार्यसमितिको सभापतिमा सुजन सिपाई चयन भएका छन् ।
कार्यसमितिको उपसभापतिमा दीपक साहुखल, सचिवमा विक्रम श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा राजु खमु, पुष्प जङ्ग श्रेष्ठ, सजनी प्रजापती, जीया श्रेष्ठ, निरोज श्रेष्ठ तथा धन श्रेष्ठ रहेका छन् ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै न्हुछे रत्न मानन्धर ले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले पार्टी संगठनलाई वडा तहसम्म थप सशक्त र सक्रिय बनाउँदै लैजान नवगठित समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
मध्यपुर थिमिमा पार्टी संगठन विस्तार र जनसरोकारका विषयमा सक्रियतासाथ अघि बढ्ने प्रतिबद्धता नवगठित कार्यसमितिले जनाएको छ ।
