फसिदेग पुनः निर्माणको क्रममा एक कलाकारको चित्रलाई आधार मानेर अहिलेको फसिदेग स्वरुपमा निर्माण


बैशाख ३०, २०८३, बुधबार | साँझ ०५:२५ बजे | 425


फसिदेग पुनः निर्माणको क्रममा एक कलाकारको चित्रलाई आधार मानेर अहिलेको फसिदेग स्वरुपमा निर्माण

भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघ र नेक्राविसंघ ८ वडा समितिको आयोजनामा मंगलबार स्थलगत चित्रकला र टग अफ वार प्रतियोगितको पुरस्कार वितरण कार्यक्रम नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले चित्रकलाले फगत चित्र मात्र प्रस्तुत गर्ने नभई तत्कालीन समाजको एक सशक्त साहित्यको प्रतिबिम्ब देखाउछ भन्नुभयो । 
साथै उहाले फसिदेग पुन निर्माणको क्रममा एक कलाकारको चित्रलाई आधार मानेर अहिलेको फसिदेग स्वरुपमा निर्माण गरेको इतिहास कोत्याउदै कला संस्कृति र चाडपर्वले सम्पन्न रहेको नगरलाई अझ जीवन्त बनाइराख्न चित्रकलाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । 
नेपाल मजदुर किसान पार्टी ८ वडा समितिका अध्यक्ष लक्ष्मी नारायण दुवालले विद्यार्थी कालदेखि नै सृजनात्मक क्रियाकलापमा लाग्नुपर्ने आवश्यकता औंल्याउनु भयो । 
भनपा ८ वडा सदस्य राम सुन्दर बासीले चित्रलेखन र हस्तलेखन जस्ता महत्वपूर्ण कलाले मानिसको स्वभाव प्रस्तुत गर्ने बताउनु भयो ।
आयोजक समितिका अध्यक्ष रमण बोहजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुजी हेग्वजु, विकास तमखु, जयराम कोजु, राधिका बेकोजुलगायतले बोल्नुभयो ।
माध्यमिक स्तरीय चित्रकला प्रतियोगितामा वागीश्वरी माविका क्यारोलाइन प्रजापति, इलाइका माक र प्रोवेश एकेडेमीका रिक मानन्धर क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भयो । 
त्यस्तै आधारभूत विद्यालय स्तरीय (कक्षा ६—८) चित्रकला प्रतियोगितामा प्रगति सामुदायिक अध्ययन केन्द्रका श्रेयन अवाल, आलोक कोजु र माउण्ट भ्यालीका अनुक धनुके क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भयो । 
त्यस्तै आधारभूत विद्यालय स्तरीय (कक्षा १—५) चित्रकला प्रतियोगितामा माउण्ट भ्याली ई से स्कुलका इभा मारिखु, सूर्योदय माविका नवयुग सिजख्वः र रिया मुस्याख्व क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भयो । 
त्यस्तै टग अफ वार प्रतियोगितामा श्वेत भैरब साकोस, जेला“ सांस्कृतिक समाज र लिवालि खुशी बगले बुहारी समुह क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भयो । 

   

Comments