भक्तपुर प्रहरी परिसरद्धारा पत्रकार भेटघाट
बैशाख २९, २०८३, मङ्गलबार | राति १०:१६ बजे | 130
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा मंगलबार परिसरमा पत्रकार भेटघाट कार्यक्रम भएको छ । भक्तपुर जिल्लाको वर्तमान शान्तिसुरक्षा र प्रहरी कार्यका सम्बन्धमा जानकारी गराउने उदेश्यले पत्रकार भेटघाट गरिएको थियो । मासिक प्रेस मिट कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुबाट वर्तमान शान्ति सुरक्षा र प्रहरी कार्य सम्बन्धमा विश्लेषण प्रस्तुत गरेका थिए । भेटघाटमा पत्रकारुहरुबाट चासो राखिएका बिषयवस्तुहरुमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
