ताथलीबाट चाँदीजस्तो देखिने अवैध धातुसहित एक जना नियन्त्रणमा


बैशाख २९, २०८३, मङ्गलबार | विहान ११:३१ बजे | 90


ताथलीबाट चाँदीजस्तो देखिने अवैध धातुसहित एक जना नियन्त्रणमा

जिल्ला प्रहरी परिसर भक्तपुरले चाँदीजस्तो देखिने अवैध धातुसहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार मिति २०८३ वैशाख २८ गते दिउँसो करिब ३ः३० बजे ताथली स्थित अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको टोलीले नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक राजु स्वेत ले बोकेको खैरो लेदरको झोलाभित्र चाँदीजस्तो देखिने सेतो धातु फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको धातु १०५ थान गोलाकार रहेको र त्यसको तौल १ केजी ५७७ ग्राम रहेको उल्लेख गरिएको छ।

प्रहरीले सोधपुछ गर्दा सम्बन्धित व्यक्तिले उक्त धातुको कुनै कागजात देखाउन नसकेको भन्दै धातु बरामद गरी उनलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे प्रहरी वृत्त जगाती बाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Comments