भक्तपुरको एउटा सरकारी स्कुल जहाँं निरन्तर शतप्रतिशत विद्यार्थी उतीर्ण
बैशाख २९, २०८३, मङ्गलबार | विहान ०७:२९ बजे | 1150
चाँंगुनारायण । भक्तपुरको चागुनारायण ८ स्थित श्री सरस्वती माविले यसवर्ष एसइई परीक्षामा शतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव पुरीका अनुसार गतवर्ष पनि यस स्कुलबाट एइईमा शतप्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । सधैको जस्तो मूल्यांकनलाई निरंतरता कायम गर्दै यसपटक पनि १००% उतिर्ण, पुरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, श्री सरस्वती मा वि चागुनारायण ८ का सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भबिस्यको कामना व्यक्त गर्दछु ।
