एसइईको नतिजा यसरी हेर्न सकिन्छ


बैशाख २८, २०८३, सोमबार | राति ०९:१६ बजे | 170


एसइईको नतिजा यसरी हेर्न सकिन्छ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्दैछ। नतिजा सार्वजनिक गर्न बोर्डको बैठकले निर्णय गरिसकेको छ भने केहीबेरमै औपचारिक घोषणा हुनेछ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विद्यार्थीहरूले बिहान ९ बजेपछि आफ्नो नतिजा हेर्न सक्नेछन्।

नतिजाको व्यग्र पर्खाइमा रहेका विद्यार्थी र अभिभावकहरू यतिबेला परीक्षा बोर्डको कार्यालय बाहिरसमेत जम्मा भएका छन्।

यसपटक गत चैत १९ देखि २९ गतेसम्म एसएई परीक्षा सञ्चालन भएको थियो। अघिल्ला वर्षहरूको तुलनामा यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले बोर्डले छिटो नतिजा सार्वजनिक गर्न लागेको हो।

यस वर्षको परीक्षामा देशभरबाट कुल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले फारम भरेका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना परीक्षार्थी सहभागी छन्।

तथ्याङ्क अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र अन्य ७ जनाले परीक्षा दिएका छन्।

यसरी हेर्न सकिन्छ नतिजा

बोर्डले ‘एसएमएस’, ‘आइभीआर’ र विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सकिने आधिकारिक व्यवस्था मिलाएको छ। बोर्डले जारी गरेको सूचना अनुसार निम्न माध्यमबाट नतिजा प्राप्त गर्न सकिनेछ:

एसएमएस र आइभीआर मार्फत:

नेपाल टेलिकम (एसएमएस, युएसएसडी र आइभीआर): १६००

जानकी टेक्नोलोजी प्रा.लि. (एसएमएस): ३५००१

एम्बिसन गुरु प्रा.लि. (एसएमएस): ३१०६१

वेबसाइटमार्फत:

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०: www.see.gov.np

राष्ट्रिय परीक्षा बोर्ड: www.neb.gov.np

नेपाल टेलिकम: www.see.ntc.net.np

कान्तिपुर पब्लिकेसन्स प्रा.लि.: www.ekantipur.com

इडियु सञ्जाल प्रा.लि.: www.see.edusanjal.com

आइएमई खल्ती लिमिटेड: https://khalti.com/app

कलेज इन्फो नेपाल प्रा.लि.: see.collegeinfonepal.com

द कनेक्ट प्लस प्रा.लि.: https://theconnectplus.com

एनसेल आजियाटा लिमिटेड: https://ncellapp.ncell.com.np/result

निमा एजुकेसन फाउण्डेसन: result.neemaacademy.com

फोनिक्स एजुकेसन फाउण्डेसन प्रा.लि.: resultayo.com

एम्बिसन गुरु प्रा.लि.: see.ambition.guru

एन.इ.वि. रिजल्टस एण्ड न्युज प्रा.लि.: https://see.merostudy.net

इन्द्रेणी टाइम्स नेटवर्क प्रा.लि.: nebeducation.com/see

बोर्डका अनुसार विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरी माथि उल्लेखित कुनै पनि आधिकारिक माध्यमबाट सुरक्षित रूपमा नतिजा र मार्कसिट हेर्न सक्नेछन्।

Comments