पत्रकार बलदेव थापाद्वारा लिखित ‘मतिपुराण’माथि परिचर्चा


बैशाख २८, २०८३, सोमबार | दिउँसो १२:४९ बजे | 55


पत्रकार बलदेव थापाद्वारा लिखित ‘मतिपुराण’माथि परिचर्चा

काठमाडौँ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा अग्रज पत्रकार बलदेव थापाद्वारा लिखित हास्यव्यङ्ग्यसङ्ग्रह ‘मतिपुराण’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । वैशाख २७ गते आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि सुप्रसिद्ध हास्यव्यङ्ग्यकार प्रा। रामकुमार पाँडे हुनुहुन्थ्यो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीद्वारा सञ्चालित कार्यक्रमको सभापतित्व आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा ‘मतिपुराण’ का बारेमा डा। इन्दुल केसी, मुरहरि रायमाझी ‘हरि’ र ज्ञानमणि नेपाल ‘कालोटोपी’ ले टिप्पणी गर्नुभएको थियो भने कृतिकार बलदेव थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कृतिका बारेमा बोल्दै डा। इन्दुल केसीले ‘मतिपुराण’ पछिल्लो समयको राजनीतिक घटना र पात्रहरूमाथि चोटिलो प्रहार भएको बताउनुभयो । उहाँले प्रस्तुत कृति हास्यव्यङ्ग्य क्षेत्रमा एउटा महत्वपूर्ण दस्तावेज हुने दाबी गर्दै सफलताको कामना गर्नुभयो । यस्तै मुरहरि रायमाझी ‘हरि’ले कृति पठनयोग्य रहेको र यसले नेपाली साहित्यको हास्यव्यङ्ग्य विधालाई जिवन्त बनाउने बताउँदै कृतिमा भएका केही कमजोरीहरूमा सुझाव पनि दिनुभयो । यस्तै पत्रकार ज्ञानमणि नेपाल ‘कालोटोपी’ले ‘मतिपुराण’ले मति बिग्रिएकाहरूको मति सप्रियोस भन्दै राजनीति खराब नभएपनि खराब व्यक्तिका हातमा परेका कारण नेपालमा यसले सहि अर्थ राख्न नसकेको र कृतिले त्यसमा घतलाग्दो तरिकाले व्यङ्ग्य प्रहार गरेको बताउँदै कृति सफलताको कामना गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि हास्यव्यङ्ग्यकार प्रा। रामकुमार पाँडेले हास्यव्यङ्ग्यको क्षेत्र नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उच्च रहेको बताउँदै ‘मतिपुराण’ले यस क्षेत्रलाई बलियो बनाएको टिप्पणी गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष साहित्यकार ढुण्डिराज पोखरेलले लेखकले निकै महत्वका साथ विषयवस्तुमा केन्द्रीत रहेर कृति लेख्नुभएको बताउँदै आउने दिनमा अझ परिस्कृत कृतिहरू पढ्न पाइयोस् भन्ने कामना गर्नुभयो । कृतिकार थापाले सबैप्रति आभार व्यक्त गर्दै सल्लाह र सुझाव अनुसार आगामी कृतिहरू ल्याउने बताउनुभयो । कार्यक्रम आफ्नो लागि निकै उपयोगी रहेको भन्दै उहाँले यसबाट आफूले साँच्चै उल्लेख्य कृति लेखिएछ जस्तो भान भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

पत्रकार बलदेव थापाद्वारा लिखित ‘मतिपुराण’माथि परिचर्चा

Comments