‘शिक्षण र सिकाइलाई प्रभावकारी बनाउन विद्यार्थीको मनोविज्ञान बुझ्ने’ विषयमा एकदिने छलफल सम्पन्न


बैशाख २८, २०८३, सोमबार | दिउँसो १२:५५ बजे | 135


‘शिक्षण र सिकाइलाई प्रभावकारी बनाउन विद्यार्थीको मनोविज्ञान बुझ्ने’ विषयमा एकदिने छलफल सम्पन्न

भक्तपुर । ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पस माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरूबिच ‘शिक्षण र सिकाइलाई प्रभावकारी बनाउन विद्यार्थीको मनोविज्ञान बुझ्ने’ विषयमा एकदिने छलफल कार्यक्रम आइतबार सम्पन्न भयो ।

ख्वप मा.वि.को आयोजनामा भएको उक्त कार्यक्रममा ख्वप मा.वि. सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीको मनोविज्ञान बुझेर पढाउनु आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै समस्याको समाधान पनि हुन्छ भन्ने विचार सबै विद्यार्थीलाई बुझाउनु जरुरी छ ।”समस्या भोग्नेले नै उपलब्धि पनि हासिल गर्न सकिने धारणा राख्दै उहाँले भन्नुभयो, “पठनपाठन र राम्रो नतिजामात्र सबै थोक होइन भन्ने ज्ञान विद्यार्थीलाई दिनु जरुरी छ ।”समस्याहरूबारे सामूहिक छलफल गर्नु आवश्यक भएको उहाँले बताउनुभयो ।

कार्यक्रमका मुख्य स्रोतव्यक्ति त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पद्मराज जोशीले मानसिक रोग सबैलाई लाग्न सक्नेप्रति ख्याल राख्नुपर्ने बताउनुभयो । शिक्षक विद्यार्थीको मार्गनिर्देशक, सहजकर्ता र जीवनको आशाको किरण बन्न सक्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले स्वागत एवं कार्यक्रमको उपादेयताबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा राजबहादुर गिरी, तारादेवी सुवेदीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

‘शिक्षण र सिकाइलाई प्रभावकारी बनाउन विद्यार्थीको मनोविज्ञान बुझ्ने’ विषयमा एकदिने छलफल सम्पन्न

Comments