प्लटिङलाई लाभ पुग्ने गरी सार्वजनिक जग्गाबाट बाटो निर्माण
बैशाख २६, २०८३, शनिबार | विहान ०९:३० बजे | 295
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ रानागाउँमा प्लटिङलाई लाभ पुग्ने गरी सार्वजनिक जग्गाबाट बाटो निर्माण गरिएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।
स्थानीय रामकल्याण राना मगरका अनुसार उक्त सार्वजनिक स्थानमा पहिले बालबालिकाले फुटबल खेल्ने गरे पनि अहिले अतिक्रमण गरिएको बताए । उनले भने, “०७४ सालको निर्वाचनपछि आएको वडाले समेत उक्त ठाउँमा फुटसल मैदान बनाउने भन्दै बजेट छुट्याएको थियो। तर अहिले सो सार्वजनिक जग्गा बाटोमा परिणत भइसकेको छ। सार्वजनिक जग्गा प्लटिङलाई लाभ पुग्ने हिसाबले मिच्नु हुँदैन भनेर हामीहरू वडा र नगरपालिका पनि गयौं, तर हाम्रो कुरा कहीँ सुनुवाइ भएन। त्यति मात्र होइन, साँगा जाने परम्परागत बाटो समेत थुनिएर हामीलाई नाकाबन्दी गरिएको छ। बाटो खोल्न वडामा जाँदा हाम्रो कुरा त्यहाँ पनि सुनुवाइ भएको छैन।” उनले आफूहरूको समस्या वडा र नगरपालिकामा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए।
यस विषयमा प्रेस सोसाइटीले सूर्यविनायक नगरपालिकाका कार्यपालिका सदस्य सुनिल भुजेललाई जिज्ञासा राख्दा उनले नगरपालिकाको अमिनीको समय नमिलेर बाटो खोल्न ढिला भएको र आफुहरुले बन्द भएको बाटो छिट्टै खोल्ने प्रयत्न गरिरहेको बताए।
.jpg)