वडाअध्यक्षले गरे पटकपटक घुस खुवाउन आएको खुलासा  


बैशाख २५, २०८३, शुक्रबार | राति १०:४७ बजे | 1605


वडाअध्यक्षले गरे पटकपटक घुस खुवाउन आएको खुलासा  

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ६ भोलाछेंका वडा अध्यक्ष हरिराम सुवालले वडा अध्यक्ष भएको नाताले आफूलाई पटकपटक घुस खुवाउन आएको खुलाएका छन् । शुक्रबार वडाको याछेंमा भएको सार्वजनिक छलफलमा आफूलाई पटकपटक सेवाग्राहीले घुस खुवाउन खोजेको सम्झे । 
नेपाली कांग्रेसका एकजना साथीले मलाई आफनो कामका लागि २० लाख रुपैयाँं सहयोगको प्रस्ताव पटकपटक गरे, उनले भने, तपाईले नलिने भए तपाईको श्रीमतीको नाममा, नभए परिवारको नभए नेपाल मजदुर किसान पार्टीको लागि सहयोग दिन्छु भनेर भने । तर त्यो सवै आफूले अस्वीकार गरेको उनले बताए । 
कानुनसम्मत विषयमै सिफारिसका लागि त्यो रकम सहयोग दिन खाजेको उनले सुनाए । कानुनसम्मत भए पनि मानवीय रुपमा अव्यवहारिक भएकाले आफूले त्यो हस्ताक्षर नगरेको उनले भने । 
शुक्रबार याछेंमा मुकुण्डो बनाउने ठाउँ नजिकैको इनार र सार्वजनिक चोक सार्वजनिक गर्नुपर्ने विषयमा वडाबासीहरुवीच सार्वजनिक छलफल भएको थियो । छलफलमा यो ठाउँं पनि कानुनी रुपमा निजी भएको तर सार्वजनिक देखिएकाले सार्वजनिक गर्नुपर्ने तर्क उनले गरेका थिए । उनले भने, कानुनी कुरा गर्ने हो भने त्यो मलाई हस्ताक्षर गर्न आएको पनि कानुनी नै थियो, कानुनी आधारलाई टेक्ने हो भने त्यो पनि जायज थियो, तर मानवीय हिसावले नभएकाले मैले न त्यसमा हस्ताक्षर गरे न त सहयोग रकम नै स्वीकार गरे । 
त्यो परिवारले पटकपटक वडामै त्यो काम गर्न आग्रह गरेको तर त्यो सफल नभएपछि बाहिर बोलाएर यो प्रस्ताव राखेको उनले सुनाए । तपाईको पनि परिवार होला नि, बालबच्चा पनि होला नि, वडा अध्यक्षको तलवले त परिवार चलाउन गाह्रो होला नि, ती व्यक्तिको भनाई उदृध गर्दै वडा अध्यक्षले भने, त्यसकारण तपाईलाई सहयोग गर्न खोजेको बताएका थिए । 
त्यही कारण वडाले कानुनी कुरा मात्रै नहेरी व्यवहारिक मानवीय विषयमा पनि ध्यान दिनुपर्ने तर्क उनले गरे । कानुनी कुरा मात्रै गरेर गर्ने भए जनप्रतिनिधि नै नचाहिने कर्मचारी नै पर्याप्य हुने उनको भनाई थियो । यही कारण कानुनी रुपमा याछेंको त्यो इनार र चोक पनि लालपुर्जा भए पनि सार्वजनिक गर्न उनले जग्गाधनीसँंग आग्रह गरेका थिए । 
उनले यसबाहेक पनि धेरै पटक आफूलाई विभिन्न सेवाग्राहीहरुबाट घुस खुवाउन आउने गरेको स्मरण गरे । तर आफूहरु पार्टीको नीति, सिद्धान्तप्रति प्रतिवद्ध भएकाले पैसामा नविकेको र नविक्ने उनले स्पष्ट पारे । हामी इमान्दार भएर देश र जनताको सेवा गर्न भनी आएको जनप्रतिनिधि, उनले भने, त्यसकारण हामी जुनै हालतमा पनि यस्तो व्यक्तिगत स्वार्थमा लुप्त हुँंदैनौं । 
यसअघि पनि वडा अध्यक्ष सुवालले केही महिना अगाडि सहकारी ठगलाई सिफारिस नदिएर चर्चा पाएका थिए । कानुनी रुपमा मिले पनि जनताको हित विपरित भएको भन्दै उनले त्यो बेला सिफारिस रोकेको थिए । यसवेला पनि उनी त्यही कारण वाहवाही पाएका थिए । तथापि सिफारिस नदिएको भन्दै उनको आलोचना पनि भएको थियो ।
 

फाेटाेमा हेर्नुहाेस्...

वडाअध्यक्षले गरे पटकपटक घुस खुवाउन आएको खुलासा  

Comments