दुधपाटीको भाजु पुखुमा मानिस डुवेपछि.....
बैशाख २३, २०८३, बुधबार | साँझ ०५:३९ बजे | 445
जल उद्धार अभ्यास “ २०८३“ समापन कार्यक्रम “
भक्तपुर, वैशाख २३ गते
जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा तथा आरएनए १६ को सहकार्यमा बैशाख २० गतेदेखि २३ गते बुधबारसम्म संचालन गरिएको ४ दिने “जल उद्धार अभ्यास – २०८३“ समापन कार्यक्रममा बुधबार भक्तपुरमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीस्थित भाजु पुखु (पोखरी) मा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिबाट उक्त जल उद्धार अभ्यासमा सहभागी ६० जना प्रहरी कर्मचारीहरुलाई जल उद्धार सम्बन्धि नीति निर्देशन दिनुका साथै प्रशिक्षक आरएनए १६ का अरुण सैंजूलाई जल उत्पन्न विपद् तथा प्राकृतिक प्रकोपको प्रतिकार्यको सिप ज्ञान प्रदान गरिदिनु भएकोमा हार्दिक धन्यवाद सहित प्रशंसा–पत्र द्धारा सम्पन गरी कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको क्रममा पोखरीमा डुवेकोलाई उद्धार गर्ने अभ्यास भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
