भक्तपुरमा पासपोर्ट लिन सिडिओ अफिस जान नपर्ने, घरमै आउने


बैशाख २२, २०८३, मङ्गलबार | दिउँसो ०३:५९ बजे | 215


भक्तपुरमा पासपोर्ट लिन सिडिओ अफिस जान नपर्ने, घरमै आउने

भक्तपुर, वैशाख २२ – भक्तपुरमा अब राहदानी (पासपोर्ट) लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला हुलाक कार्यालयबीच भएको समझदारीअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पु¥याइने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत “घरदैलो सेवा” अवधारणा लागू गरिँदै राहत वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको हो। यसअघि सेवाग्राही स्वयं कार्यालय पुग्नुपर्ने व्यवस्था थियो।
सम्झौताअनुसार राहदानी विभागबाट प्राप्त राहदानी सामग्री जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षित रूपमा राखी सेवाग्राहीको नाम, ठेगाना र सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण गर्नेछ। त्यसपछि हुलाक कार्यालयले निश्चित समयभित्र सेवाग्राहीको घरमै राहत पु¥याउने व्यवस्था मिलाउने जनाएको छ।
हुलाक कार्यालयका अनुसार वितरण प्रक्रिया करिब ७ दिनभित्र सम्पन्न गरिनेछ। राहतजस्ता संवेदनशील सामग्रीको सुरक्षालाई प्राथमिकता दिँदै विशेष सावधानी अपनाइने र कुनै कारणवश वितरण हुन नसकेको सामग्री पुनः जिल्ला प्रशासन कार्यालयमै फिर्ता गरिने व्यवस्था गरिएको छ।
यस सेवाका लागि लाग्ने हुलाक शुल्क भने सेवाग्राहीले आफैं व्यहोर्नुपर्नेछ। सेवा प्रभावकारी बनाउन आवश्यक कर्मचारी व्यवस्थापन र अनुगमन तथा सुपरिवेक्षणको जिम्मेवारी सम्बन्धित कार्यालयले लिने जनाइएको छ।
यो सेवा सुरु भएसँगै राहत लिन सेवाग्राहीले भोग्दै आएको झन्झट कम हुने अपेक्षा गरिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले सम्झौता कार्यान्वयनमा आइसकेको जानकारी दिएको छ।
सेवाका लागि जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र हुलाक कार्यालय भक्तपुरकी प्रमुख सीता साम्बाले समझदारीमा हस्ताक्षर गरी सेवा शुभारम्भ गरे ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा पासपोर्ट लिन सिडिओ अफिस जान नपर्ने, घरमै आउने

Comments