भक्तपुरमा सबैभन्दा बढी सार्वजनिक जग्गा नगरकोट क्षेत्रमा
बैशाख २२, २०८३, मङ्गलबार | दिउँसो ०३:०३ बजे | 65
भक्तपुर । नापी कार्यालय भक्तपुरले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा विभिन्न क्षेत्रका जग्गाको क्षेत्रफलसँगै सम्बन्धित कित्ता विवरणसमेत समेटिएको छ।
प्रकाशित विवरणअनुसार भक्तपुरका २२ वटा क्षेत्र (साबिक गाविस तथा नगरपालिका) मा फैलिएको सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख तयार गरिएको हो। सूचीमा ताथली, सुडाल, बागेश्वरी, नगरकोट, छालिङ, चाँगुनारायण, दुवाकोट, झौखेल, निलबाराही, सिद्धिगणेश, भक्तपुर नगरपालिकालगायतका क्षेत्र समावेश छन्।
कार्यालयका अनुसार सार्वजनिक गरिएको विवरणले प्रत्येक क्षेत्रमा कति क्षेत्रफल सरकारी वा सार्वजनिक प्रयोजनका लागि छुट्याइएको छ भन्ने स्पष्ट देखाउँछ। विवरणअनुसार सबैभन्दा बढी सार्वजनिक जग्गा नगरकोट क्षेत्रमा रहेको छ भने त्यसपछि सिपाडोल, नखेल र चितापोल क्षेत्र पनि उच्च क्षेत्रफल भएका स्थानमा पर्छन्।
यस विवरण सार्वजनिक गर्नुको मुख्य उद्देश्य जग्गासम्बन्धी अभिलेखलाई पारदर्शी बनाउनुका साथै नागरिकलाई सहज रूपमा जानकारी उपलब्ध गराउनु रहेको नापी विभागको भनाइ छ। कार्यालयले नक्सा तयार गर्ने, कित्ताकाट, जग्गा एकीकरण लगायतका सेवा निरन्तर प्रदान गर्दै आएको छ।
पछिल्लो समय भक्तपुर क्षेत्रमा जग्गासम्बन्धी विवाद, रोक्का तथा स्वामित्वका समस्या बढ्दै गएकाले यस्ता तथ्याङ्क सार्वजनिक गर्नु अझ आवश्यक भएको सरोकारवालाहरू बताउँछन्।
सार्वजनिक गरिएको विवरणले सरकारी जग्गाको वास्तविक अवस्था स्पष्ट पार्नुका साथै भविष्यमा योजना निर्माण, व्यवस्थापन तथा सम्भावित विवाद समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यालयका अनुसार जिल्लाभर सरकारी तथा सार्वजनिक प्रयोजनका लागि कुल ६७ हजार ७१९ रोपनीभन्दा बढी जग्गा रहेको उल्लेख गरिएको छ।
नेपाल सरकार
भूमिसुधार तथा व्यव
भूमिसुधार तथा व्यवस्थापन विभाग मालपोत कार्यालय भक्तपुर
१. मक्तपुर जिल्लाको सरकारी तथा सार्वजनिक जग्गाको विवरण
साविक गा.वि.स. जग्गाको क्षेत्रफल पेज नं.
१. ताथली १९६५–१२–३–० १–४
२.सुडाल ८०३८–३–२–१ ४–१०
३. बागेश्वरी २०४४–१३–२–० १०–१२
४. नगरकोट १५३७३–८–०–२ १२–१६
५.छालिङ्ग ५८७७–१५–०–३ १÷२ १६–१९
६.चाँगुनारायण ३०८५–३–०–१ १÷२ १९–२२
७. दुवाकोट १०९३–१२–०–० २२–२४
८. झौखेल ६५३–४–०–० २४–२७
९. निलबाराही ९८२–१३–०–० २७–२८
१०. सिद्धिगणेश २०३–१२–२–० २८–२८
११. भक्तपुर नगरपालिका २०३६–४–१–२ २८–३६
१२.दिव्यश्वरी ६६६–१३–३–१ ३६–३८
१३. बालकुमारी ४६३–५–३–२ ३८–३८
१४. भिमसेन ४५–१०–२–० ३८–३९
१५. बालकोट ४९६–११–०–० ३९–४०
१६. सिरुटार १२१–५–१–० ४०–४०
१७. दधिकोट २७४०–१४–१–० ४०–४३
१८. कटुञ्जे ८८६–५–०–० ४३–४६
१९. गुण्डु ४०९३–१५–१–२ ४६–४८
२०. नखेल ५३४४–१३–३–० ४८–५०
२१. सिपाडोल ५३९०–१५–३–० ५०–५४
२२. चितापोल ६०१३–१–३–११÷२. ५४–५७
जम्मा ६७७१९–६–१–१ १÷२
