भक्तपुरको च्याम्हासिंह नाला बनेपा सडक आज राति ८ बजेदेखि भोलि विहान ८ बजेसम्म बन्द
बैशाख १६, २०८३, बुधबार | राति ०७:५८ बजे | 395
च्यामसिंह–नाला–बनेपा सडक खण्ड रातभर बन्द हुने
भक्तपुर – सडक डिभिजन भक्तपुरले च्यामसिंह–नाला–बनेपा सडक खण्डमा कल्भर्ट निर्माणका लागि सवारी आवागमन बन्द गरिने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ।
सडक डिभिजनका अनुसार च्यामसिंह–नाला–बनेपा सडक (F097) अन्तर्गत पर्ने नन्दिमाता खोलामा कल्भर्ट निर्माणको काम भइरहेकाले उक्त सडक खण्डमा यातायात पूर्ण रूपमा बन्द गर्नुपरेको हो।
सडक बन्द हुने समय तालिका:
-
सुरु हुने मिति: २०८३/०१/१६ गते बेलुका ८:०० बजेदेखि
-
खुल्ने मिति: २०८३/०१/१७ गते बिहान ८:०० बजेसम्म
उक्त समयमा सो सडक खण्ड भएर गुड्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। निर्माण कार्यका कारण यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमाप्रार्थी रहेको जनाएको छ।
यो सूचना सूचना अधिकारीद्वारा २०८३/०१/१५ गते प्रकाशित गरिएको हो।
