मानवतावादी समाज सुधारका हिमायती थापाको स्मृतिमा शोक सभा, रु. ११ लाख ९४ हजार २ सय २६ को अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष स्थापना


बैशाख १६, २०८३, बुधबार | साँझ ०६:०७ बजे | 110


मानवतावादी समाज सुधारका हिमायती थापाको स्मृतिमा शोक सभा, रु. ११ लाख ९४ हजार २ सय २६ को अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष स्थापना

वैशाख १६, काठमाडौं । साहित्य, कला, संस्कृति तथा मानवतावादी समाज सुधारका हिमायती एवं अरुणिमा शैक्षिक प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा संरक्षक स्वर्गीय बुद्धिबहादुर (अमिर) थापाको निधनको ४५औँ दिनको अवसरमा श्रद्धाञ्जली तथा स्मृति सभा आयोजना गरिएको छ । प्रतिष्ठान अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सञ्चालित उक्त कार्यव्रmम स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी सुरु गरिएको थियो । सभाका सहभागीहरूले स्वर्गीय थापाको समाजप्रतिको समर्पण एवम् उहाँले शिक्षा तथा साहित्यका क्षेत्रमा पु¥याउनुभएको योगदानलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष तथा गुठियार शम्भुप्रसाद बडालले स्वर्गीय थापाले संस्थामार्फत् शिक्षा र समाजसेवामा पु¥याउनुभएको योगदानलाई स्मरण गर्दै उहाँका आदर्शहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, गुठियार संगीता हमाल एवम् अरुणिमा अलुम्नाइका अध्यक्ष जितेन्द्र श्रेष्ठले थापाको नेतृत्वदायी भूमिका र संस्थाप्रतिको समर्पणको प्रशंसा गर्नुभयो । वक्ताहरूले स्वर्गीय थापालाई संघर्षशील, इमानदार तथा कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा चित्रण गर्दै उहाँले शिक्षा क्षेत्रको विकास, सामाजिक जागरण तथा मानव सेवामा खेलेको भूमिका अतुलनीय रहेको बताए । साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेल, शिक्षाविद् विश्वनाथ अर्याल तथा अर्थविद् प्रा.डा. कैलाशनाथ प्याकुरेलले उहाँको विचार, आदर्श र जीवनदर्शन भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो । यसैक्रममा डा. सुरेश ढकाल र साहित्यकार कोषराज न्यौपानेले स्वर्गीय थापाको साहित्य, कला तथा सांस्कृतिक क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै उहाँ बहुआयामिक व्यक्तित्व भएको धारणा व्यक्त गर्नुभयो ।गोकर्णेश्वर नगरप्रमुख दीपक कुमार रिसाल तथा समाजसेवी रामहरि रिजालले उहाँको सामाजिक कार्य तथा मानवीय सेवामा गरेको योगदानको प्रशंसा गर्नुभयो । भैरव पुरस्कार गुठीका उपाध्यक्ष तथा गुठियार गोपाल प्रसाद बराल र रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसेले थापाको समाज सुधार र सांस्कृतिक संरक्षणमा रहेको सक्रियताको स्मरण गर्नुभयो । पूर्व प्रशासक जनकराज ढुङ्गानाले उहाँसँगका आफ्ना अनुभवहरू साझा गर्दै उहाँ एक प्रेरणादायी र दूरदर्शी व्यक्तित्व भएको उल्लेख गर्नुभयो । प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले स्वर्गीय थापाको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभयो । यसैबीच, स्वर्गीय थापाकी सुपुत्री तथा प्रतिष्ठान गुठियार सङ्गीता थापाले आफ्ना पिताको स्मृतिमा “अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष” स्थापनार्थ ११ लाख ९४ हजार २ सय २६ रुपैयाँको चेक अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष शम्भुप्रसाद बडाललाई हस्तान्तरण गर्नुभयो । साथै, स्वर्गीय थापाका सुपुत्र सुशील थापाले परिवारको तर्फबाट सबैप्रति आभार व्यक्त गर्नुभयो । ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र, कुपन्डोलकी सञ्चालिका ब्रम्हकुमारी गङ्गाले आध्यात्मिक दृष्टिकोणबाट स्वर्गीय थापाको जीवनलाई स्मरण गर्दै उहाँको सकारात्मक सोच, सेवा भाव र मानवताप्रतिको समर्पण उच्च रहेको उल्लेख गर्नुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

मानवतावादी समाज सुधारका हिमायती थापाको स्मृतिमा शोक सभा, रु. ११ लाख ९४ हजार २ सय २६ को अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष स्थापना

Comments

ताजा खबर