प्रयोगशालाहरुमा उपयोग हुने यन्त्र उपकरणहरुको अशंकन (Calibration) गर्ने निकाय कै अभाव

बैशाख १५, २०८३, मङ्गलबार | राति ०८:२४ बजे | 155

प्रयोगशालाहरुमा उपयोग हुने यन्त्र उपकरणहरुको अशंकन (Calibration) गर्ने निकाय कै अभाव

निजि क्षेत्रबाट संचालित सिभिल ईन्जिनियरिङ प्रयोगशालाहरुको छाता संस्था सिभिल इन्जिनियरिङ ल्याबरेटोरि एशोसिएशन अफ नेपाल (CELAN) को एक प्रतिनिधि मण्डलले आज उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री माननीय गौरी कुमारी यादबलाई आज उद्योग मन्त्रालय सिँहदरबारमा भेट गरि मन्त्री ज्युलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुका साथै सिभिल इन्जिनियरिङ प्रयोगशालाहरुको दर्ता, नियमन र अनुगमन गर्न कानुनको अभाव रहनुको साथै ती प्रयोगशालाहरुमा उपयोग हुने यन्त्र उपकरणहरुको अशंकन (Calibration) गर्ने निकाय कै अभाव समेत रहेको कारण निर्माण कार्यमा गुणस्तर कायम राख्ने कार्य समेत प्रभावित भएको कुरा सबिस्तार जानकारी गराउनका साथै प्रत्यायन ऐन २०७९ जारी भएपनी नियमावलीको अभावमा सो ऐनको पुर्ण कार्यान्वयन हुन नसकेको तथा ऐन अनुसार नेपाल गुणस्तर तथा नापतौल बिभाग अन्तर्गत एउटा प्रत्यायन केन्द्र गठन गरे पनि साधन श्रोत नियमावलीको अभावमा सो केन्द्र निष्क्रिय समेत रहेको र सो ऐन अनुसार सो केन्द्रले समरुपता परिक्षण गर्ने भनिएता पनि Calibration (अंशकन) Accredition (प्रबिणता परिक्षण) बिधालाई समाबेस गरे पनि Testing(नमुना परिक्षण) गर्ने निजि क्षेत्रबाट संचालित प्रयोगशालाहरुको सम्बन्धमा कुनै प्राबधानहरु नभएको र नगरेकोमा गुनासो समेत राख्दै नमुना परिक्षण, अशंकन र प्रबिणता परिक्षण कार्यमा सम्लग्न्न निजि कम्पनीहरुको प्रतिनिधि मुलक संस्थाहरुलाई सो प्रत्यायन ऐन २०७९ ले सरोकारवाला संस्थाको रुपमा कतै कुनै स्थान नदिएको, कुनै भुमिका उपलब्ध नगराएकोमा संस्थागत असन्तुष्टी समेत ब्यक्त गर्दै सो ऐनको संशोधन गरेर हुन्छ कि नियमावलीमा समेटेर हुन्छ सम्बन्धित बिषयका प्रतिनिधिमुलक संस्थाहरुलाई कानुनत भुमिका स्पष्ट गराउन अनुरोध समेत गरिएको आज मिति २०८३/१/१५ गते सिभिल इन्जिनियरिङ एशोसिएसन अफ नेपालका केन्द्रिय अध्यक्ष श्री राम शरण देउजाबाट जारी प्रेश बिज्ञप्तिमा जनाइएको छ।

फाेटाेमा हेर्नुहाेस्...

Comments