कोभिड १९ विरुद्धको खोपबारे अभिमुखीकरण


फाल्गुन १८, २०७७, मङ्गलबार | विहान ११:५६ बजे | 10


भक्तपुर । भक्तपुर नगर खोप समन्वय समितिको आयोजनामा कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर खोप समन्वय समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारको आधिकारिता प्राप्त कोभिड सिल्ड खोप अभियानमा व्यापक जनताको सहभागिताको लागि जनतालाई प्रोत्साहित गर्ने बताउनुभयो ।
उहाँले खोप अभियानलाई जनप्रतिनिधिहरु जनताबीच नजिक जाने अवसरको रुपमा लिएर जनताप्रति समर्पित भएर सेवा गर्नुपर्ने बताउनुभयो ।
उहाँले कोभिड १९ बारे देखिएको भ्रमबाट जनतालाई सचेत पार्नुपर्ने बताउनुहुँदै कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेको हुँदा जनताको स्व—इच्छामा खोप लगाउन प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
नयाँ स्वरुपको कोरोना भाइरस पत्ता लागेको वर्तमान समयमा नेपालमा पनि सक्रिय संक्रमितहरुको संख्या बढ्न सक्ने भएकोले सबैजना सचेत र सजग हुनु आजको आवश्यकता हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले अभिमुखीकरण कार्यक्रम सञ्चालनको उद्देश्यबारे प्रष्ट पार्नुहुँदै कोभिड १९ रोगको परिचय, खोप लगाउनुको औचित्य, रोग पहिचान गर्ने तरिका र यसबारे बच्ने उपायहरुबारे आफ्नो प्रस्तुतीकरण देखाउनुभएको थियो ।
जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा भक्तपुर नपाका जनप्रतिनिधिहरु, प्रमुख स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।बीर गणेशमान सिंह बागमति प्रदेश स्तरिय बक्सिङ प्रतियोगितामा हुने
नार्गाजुन खेलकुद विकास समितिको आयोजनामा फागुण १९ गतेदेखि २२ गतेसम्म हुने बीर गणेशमान सिंह बागमति प्रदेश स्तरिय बक्सिङ प्रतियोगितामा भक्तपुर जिल्ला बक्सिङ संघका खेलाडीहरुलाई स्वप्नशील बचत तथा ऋण सहकारी संस्था लि.ले बक्सिङ खेलाडीहरुलाई ट्रयाकसुट हस्तातरण पि आर मानेजर गणेश सांगामीले एक समारोह बीच आइतबार हस्तातरण गर्नु भयो । उक्त कार्यक्रममा खेलाडीहरु, टिम कोच र टिम मेनेजरको सहभागी रहेको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले खेलाडीहरुलाई उत्साहित गर्न र हौसला बढाउन जुन सहयोग गर्नु भयो त्यसको निम्ति संस्थालाई धन्यवाद दिनुभयो साथै खेलाडीहरुले भक्तपुरको नाम उच्च राख्न सफल हुने आशा व्यक्त गर्नु भयो । उहाँले मुढेबल भन्दा बुद्धि विवेकले खेल खेल्न अनुरोध गर्दे प्रतिपक्षको आक्रमण विना सफलता पाउन तिक्ष्ण दिमागले सफलता पाउने बताउँदै खेलाडीहरुले अनुशासित रुपमा खेल प्रदर्शन गर्न अनुरोध गर्नु भयो । उहाँले खेल खेलको निम्ति मात्र नभई देशको नाम उच्च राख्ने र देश जनता प्रति सेवाभावका साथ अगाडि बढ्न अनुरोध गर्नु भयो ।

Comments