यो विषयमा भक्तपुरका मेयरको ध्यान कहिले जाने ?


बैशाख १०, २०८३, बिहीबार | राति ०७:११ बजे | 125


यो विषयमा भक्तपुरका मेयरको ध्यान कहिले जाने ?


भक्तपुर । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५% भाडा छुट अनिवार्य रूपमा हप्ताको ७ दिन र दिनको २४ घण्टा नै लागू हुने गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
तर भक्तपुरको सन्दर्भमा विद्यार्थीलाई ४५% भाडा छुट दिन निर्देशन पालना नभएको विद्यार्थीले बताएका छन् । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभागले मिति २०८३ वैशाख ७ गते जारी गरेको पत्रमार्फत विभिन्न यातायात व्यवसायी संघ–संस्थाहरूलाई यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो । पत्रमा जनाइएअनुसार नेपाल सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीलाई सवारी भाडामा ४५% छुट दिने निर्णय यसअघि नै गरिएको थियो । सोही निर्णय कार्यान्वयन गर्न विभागले पुनः ध्यानाकर्षण गराएको हो ।
विभागले डिजिटल प्रणालीमार्फत समेत छुट सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ । साथै, विद्यार्थीहरूले सहुलियत नपाएको गुनासो बढ्दै गएकोले अनिवार्य रूपमा छुट लागू गर्न निर्र्देशन दिइएको जनाएको छ । तर भक्तपुरमा त्यो कार्यान्वयमा आउन नसकेको बताइएको छ । यसबारे भक्तपुरका मेयरको पीडितले ध्यानाकर्षण गराएका छन् ।  

Comments

ताजा खबर