यसरी सम्मानित भए भक्तपुरका डा केसी
बैशाख ६, २०८३, आइतबार | साँझ ०४:३३ बजे | 415
भक्तपुर । भक्तपुर काव्य यात्रा तथा डा इन्दुल केसी सम्मान समारोह २०८३ बैशाख ६ गते आइतबार सम्पन्न भएको छ । कार्यक्रम विहान ११.१५ मा बाराही मंदिर सूर्यविनायक भक्तपुरमा सुरू भएको थियो ।
कार्यक्रममा स्थान ग्रहण अध्यक्ष ई स्वजन स्वराज साक्यले गरेका थिए । प्रमुख अतिथि वरिष्ट लेखक तथा उद्यमी द्धारिका श्रेष्ठ थिए । वरिष्ट लेखक पुष्कर लोहनी, सम्मानित हुने डा इन्दुल केसीलगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा डा सावित्री श्रेष्ठ, वरिष्ट लेखक शितल गिरी, समाज साधक हीरादेवी पोखरेल, समाजसेवी हरि वहादुर वस्नेत, स्रष्टा तथा प्रशासक मोतिशोभा श्रेष्ठ, लेखक तथा उद्यमी कमला जोशी असमर्थ, लेखक तथा उद्यमी निरु साक्य, लेखक अनुराज जोशी, जलेश्वरी श्रेष्ठ, प्राडा जिव्न्द्रदेव गिरी, भागिरथी श्रेष्ठ, प्रा धिरकुमार श्रेष्ठ, प्रा बालचन्द्र मिश्र, स्रष्टा कमल मिश्र, स्रष्टा लक्ष्मी मिश्र असमर्थ, कुमार रंजित संचारकर्मीद्धय मोहन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । साथै गंगा भेटवाल सचिव स्रष्टा पदयात्रा, डा चन्द्र वहादुर केसी सचिव सास्क, कमल सुवेदी , सचिव राजेन्द्र सुवेदी स्मृति समाज, श्रीमति महालक्ष्मी खनाल लोहनी, शान्ति पौडेल स्रष्ता तथा वाचक, विजया वस्नेत स्रष्टा विरामी, शर्मा ललिता वाल साहित्य साधक, स्वर्णिमा श्रेष्ठ लेखक तथा अन्तराष्ट्रिय संचार विज्ञ फनकक, प्रा निर्मोही व्यास वरिष्ट लेखक, डा कृष्ण प्रसाद दहाल, डा कृष्ण सुवेदी, डा जिवेन्द्रदेव गिरीलगायत अन्य उपस्थित सवै नै विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा स्वागत रजनी केसी मानन्धरले गरेकी थिइन् । सास्क परिचय डा सावित्री श्रेष्ठले गरेकी थिइन् । डा इन्दुल केसी चर्चा लेखक तथा प्रशासक रत्न कुमार शेष्ठले कविताका साथ गरेका थिए । सम्मान कार्यक्रममा खादा अध्यक्षबाट, पदक संरक्षकबाट, प्रमाण पत्र प्रमुख अतिथिबाट, सवैवाट खादा माला समर्पण गरी डा इन्दुल केसीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम तीन चरणमा भएको थियो । पहिलो चरणमा सम्मान र दोश्रो कार्यक्रम बरिष्ट लेखक पुष्कर लोहनीको ८८ औ जन्मोत्सव शुभकामना गरिएको थियो । त्यस क्रममा शितल गिरीबाट ५ मिनेट परिचय गराउँंदै सास्कोतर्फवाट दोसल्ला र सगुन टीका, सवैकातर्फबाट खादा माला, पुष्कर लोहनीका वचन ५ मिनेट भएको थियो ।
तेश्रो कार्यक्रमका रुपमा आजिवन सदस्यता अर्पण गरिएको थियो । मोतिशोभा श्रेष्ठ लेखक तथा वरिष्ट प्रशासक, कमला जोशी लेखक तथा उद्यमी, निरु साक्य लेखक तथा उद्यमी, अन्जना ताम्राकार लेखक तथा उद्यमी, देवराज कार्की लेखक तथा प्रशासक उपत्यका वाहिर, विमलप्रभा बज्राचार्य अध्यक्ष, नेवा मिसा साहित्यकार मुनालाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा सदस्यहरु मध्येवाट ५ मिनेट मोतिशोभा श्रेष्ठ, निरु साक्य ५ मिनेट प्रमुख मुखअतिथिवाट ५ मिनेट, अध्यक्षवाट धन्यवाद र समापन कार्यक्रम भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
