भक्तपुरमा एउटा होइन, तीन वटा विश्वविद्यालयहरु आउँंछः रुकेश रञ्जित
चैत २८, २०८२, शनिबार | राति ०९:५३ बजे | 1145
काठमाडौं । लामो समयदेखि विश्वविद्यालयको माग हुँंदै आएको भक्तपुरमा एउटा होइन तीन वटा विश्वविद्यालय ल्याउने तयारी भएको खुलाइएको छ । भक्तपुर क्षेत्र नं १ का सांसद् रुकेश रञ्जितले पाँंच वर्षभित्र भक्तपुरमा तीन वटा विश्वविद्यालय ल्याउने दावी गरे ।भक्तपुर विकास सहयोग संघले शनिबार राजधानीमा गरेको शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन तथा भक्तपुरबाट विजयी सांसद्हरुलाई बधाई दिन आयोजित कार्यक्रममा रञ्जितले वर्तमान सरकारले त्यसका लागि तयारी गरिरहेको जानकारी गराए ।
भक्तपुरमा विगत १५ वर्षदेखि ख्वप विश्वविद्यालयको माग हुँंदै आएको छ । यही विश्वविद्यालयसहित अन्य दुई वटा विश्वविद्यालय पनि भक्तपुरमा आउने रञ्जितको भनाई हो । तर उनले त्यसको नाम भने भनेनन् ।
कार्यक्रममा भक्तपुर जिल्लाबाट समानुपातिक कोटामा सांसद भएका डा गंगालक्ष्मी अवाल, प्रमिला कुलुजूलगायतले भक्तपुरको विकासका लागि आफूहरु एकतावद्ध भएर अगाडि वढ्ने प्रतिवदता जनाए ।
मञ्जित भक्तपुरको ‘हिरा’ः साँंसद् झा
महोतरीबाट निर्वाचित अर्का सांसद् उज्ज्वलकुमार झाले भक्तपुरबाट सिकेर आफूले पनि भक्तपुर विकास सहयोग संघ जस्तै महोतरी विकास सहयोग संघ खोल्न लागेको जानकारी गराए । सोही कार्यक्रममा उनले मधेस र पहाड (काठमाडौं, भक्तपुर) एकै परिवार जस्तो हुन पाएको भन्दै खुशी साटे ।
तपाई भक्तपुरबासीहरुको छोरा मञ्जित मल्ल हिरा हो, उनले भने, यही तपाईहरुको हिरा मेरा रगतको नभए पनि मनको दाजु हो । उनले आफू काठमाडौं आउँंदा आफन्त नभइ उहाँको घर बस्ने र उहाँं तराई आउँंदा आफनो घरमा वस्ने पनि खुलाए ।
कार्यक्रममा मञ्जित मल्लका सुपुत्र र सुपुत्री बाल सिक्का संकलक लक्ष्यजीत मल्ल र समृद्धि मल्लले बनाएको सिक्कासहितको पुरस्कार हस्तान्तरण गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
