लिवालीबाट लागूऔषधसहित एक जना पक्राउ
चैत २५, २०८२, बुधबार | साँझ ०५:०५ बजे | 270
भक्तपुर, चैत २५ — जिल्ला प्रहरी परिसर भक्तपुरले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीबाट ३७ वर्षीय राजु कर्मचार्य पक्राउ परेका हुन्। उनी भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी घर भई हाल लिवालीमा बसोबास गर्दै आएका थिए।
पक्राउ परेका कर्मचार्यको साथबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा नोफिन ९६, डायजेपाम ९८, फेनेरगन ९१ पिस, टेन्टाडोल ५४ चक्की, प्रोमेगन ४० चक्की र भोमिन १० चक्की रहेका छन्।
हाल उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
