भक्तपुर लेखापढीका नवनिर्वाचित पदाधिकारीहरुलाई खुवाइयो सपथ


चैत २२, २०८२, आइतबार | राति ०९:०१ बजे | 670


भक्तपुर लेखापढीका नवनिर्वाचित पदाधिकारीहरुलाई खुवाइयो सपथ

भक्तपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समिति भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुलाई आइतबार मालपोत कार्यालय भक्तपुर नजिक एक कार्यक्रम गरी निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गराइयो ।  
भक्तपुर नगरपालिका वडा नं ९ तुमुचो दुगुरे जग्गा एकीकरण आयोजनामा रहेको मालपोत कार्यालय नजिक उनीहरुलाई नेपाल बार एसोसिएसन भक्तपुरका पूर्व अध्यक्ष रवीन्द्र प्रधानले सपथ ग्रहण गराएका थिए । साथै उनीहरुलाई नवनिर्वाचित अध्यक्ष रामशरण रानाले प्रमाणपत्र वितरण गरेका थिए । 
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समिति भक्तपुरका नवनिर्वाचित अध्यक्ष रामशरण रानाले केही दिन मालपोतभित्र प्रवेश नगर्न व्यवसायीहरुलाई अनुरोध गरे । उनले आफूहरु सरकारले गरेको निर्देशन अनुसार सरकारसँंग छलफल गरेर अगाडि वढ्न तयार रहेको पनि स्पष्ट पारे । यसका लागि केन्द्रिय लेखापढीका नेतृत्व तहले सरकारसँंग वार्ता गरिरहेको जानकारी उनले गराए । 
कार्यालय समयमै लेखापढी व्यवसायीहरुलाई मालपोत प्रवेशमा रोक लगाएकाले लेखापढीहरुले काम वन्द गरेको खवर सवैतिर पुगेको र त्यसपछि कार्यालय प्रमुखले आफूलाई बोलाई जानकारी मागेका उनले जनाए । त्यसबेला आफूले आफूहरु काम वन्द गरेर विरोधमा नगएको आफूले कार्यालय प्रमुखलाई स्पष्ट पारेको रानाले बताए ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समिति भक्तपुरको अध्यक्षमा रामशरण राना निर्वाचित भएका थिए । रानाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नवनिर्वाचित समितिको उपाध्यक्षमा रुपा भण्डारी, सचिवमा आशिष घिमिरे, सह–सचिवमा विकास कुस्मा चयन भएका थिए । त्यसैगरी कोषाध्यक्षमा श्याम सुन्दर घटुवा र सह–कोषाध्यक्षमा श्याम सुन्दर सिलवाल निर्वाचित भएका थिए ।
कानुनी लडाईमा जान्छौं
भक्तपुर बार एसोसिएसनका पूर्व अध्यक्ष रवीन्द्र प्रधानले लेखापढी व्यवसायीहरुमाथि भएको अन्यायको विरुद्ध कानुनी लडाईमा जाने बताएका छन् । नवनिर्वाचित भक्तपुरका लेखापढी व्यवसायीहरुलाई आइतबार गरिएको बधाई तथा शपथ ग्रहण कार्यक्रममा उनले सरकारलाई कर तिरेर, सरकारसँंग अनुमति लिएर लेखापढी व्यवासाय गरिरहेका व्यवसायहरुलाई कुनै किसिमको रोकतोक गर्न नमिल्ने बताए । यसकारण कानुन व्यवसायीहरु यसकाविरुद्ध कानुनी लडाइमा जाने तयारी भएको उनले बताए । 
 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर लेखापढीका नवनिर्वाचित पदाधिकारीहरुलाई खुवाइयो सपथ
भक्तपुर लेखापढीका नवनिर्वाचित पदाधिकारीहरुलाई खुवाइयो सपथ
भक्तपुर लेखापढीका नवनिर्वाचित पदाधिकारीहरुलाई खुवाइयो सपथ

Comments