भक्तपुर मालपोतमा खैलाबैला
चैत २२, २०८२, आइतबार | दिउँसो ०३:५१ बजे | 350
भक्तपुर । भक्तपुर मालपोतमा आइतबार खैलाबैला मच्चिएको छ । लेखापढी व्यवसायीहरुलाई कार्यालय प्रवेश नगराएपछि खैलाबैला मच्चिएको थियो । कार्यालयले केन्द्र सरकारको निर्देशन अनुसार भन्दै सूचना टाँंस गरी कार्यालय प्रवेशमा कडाई गरेको थियो ।
कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गरिएको जनाएको छ। अबदेखि सेवाग्राहीले आफ्नो परिचय खुल्ने कागजात—जस्तै नागरिकता, परिचयपत्र वा जग्गा धनी दर्ता प्रमाणपूर्जा—साथमा ल्याएपछि मात्र कार्यालयमा प्रवेश पाउने व्यवस्था गरिएको छ। तर लेखापढीहरुले भने आफूहरु सवैसँंग परिचय पत्र भएको र आफूहरुलाई प्रवेश नगराएको दावी गरेका छन् ।
परिचय खुल्ने कागजात नभएका व्यक्तिलाई कार्यालय प्रवेशमै रोक लगाइने पनि सूचनामा उल्लेख गरिएको छ।
कार्यालयका अनुसार यस व्यवस्थाबाट सेवा प्रवाह व्यवस्थित, छिटो र गुनासोरहित हुने अपेक्षा गरिएको छ। साथै, सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरिएको छ।
फाेटाेमा हेर्नुहाेस्...
