तीन सदस्यीय सचिवालय गठन


चैत १९, २०८२, बिहीबार | राति ०८:१५ बजे | 120


तीन सदस्यीय सचिवालय गठन

भक्तपुर क्षेत्र १ बाट निर्वाचित सांसद रुकेश रंजितले तीन सदस्यीय सचिवालय गठन गर्नुभएको छ । आफ्नो दैनिक कामकाज, समन्वय र व्यवस्थापनमा प्रत्यक्ष सहयोग गर्ने उद्देश्यले सांसद रंजितले बिहिबार ३ सदस्यीय सचिवालय गठन गर्नुभएको हो । सचिवालयको सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी चाँगुनारायण नगर सभापती रोशन थापा र भक्तपुर नगर सभापती संचज्ञान याकामी चयन भएका छन् । यस्तै, तुराश त्वायना पनि सचिवालय सदस्यमा चयन भएका छन् । सांसद रंजितले संसदीय जिम्मेवारी र विषय विज्ञताका आधारमा अन्य सचिवालय सदस्यहरु थप गर्दै जाने जानकारी पनि गराउनुभयो । उहाँले नागरिकहरुको कुनै गुनासो वा सुझाव भए ह्वाट्सएप नम्बर ९७६५३४३०२२ मा टिपाउन अनुरोध समेत गर्नुभएको छ । यस्तै, नागरिकहरुको गुनासो वा सुझाव प्रत्यक्ष सुन्नका लागि कम्तीमा हप्ताको एक दिन कार्यालयमा समय मिलाउने गरी तयारी भइरहेको पनि जानकारी गराउनुभएको छ ।

Comments