यस्तो हुँदैछ स्वतन्त्र पत्रकार संघ नेपालको अधिवेशन 


चैत १८, २०८२, बुधबार | साँझ ०६:१७ बजे | 165


यस्तो हुँदैछ स्वतन्त्र पत्रकार संघ नेपालको अधिवेशन 

काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपालको चौधौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन–२०८२ चैत २० र २१ गते नवलपरासीको नवलपुरमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने अधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरूको सहभागिता रहने संघले जनाएको छ।

अधिवेशनअन्तर्गत चैत १९ गते बिहीबार प्रतिनिधिहरूको केन्द्रीय कार्यालयमा उपस्थिति र नाम दर्ता कार्यक्रम सम्पन्न हुनेछ। सोही दिन आवास व्यवस्थापनसँगै दिउँसो ४ बजे अधिवेशनस्थल भण्डारी सदनमा जिल्ला अध्यक्षहरूबीच छलफल आयोजना गरिनेछ। उक्त छलफलमा जिल्ला अध्यक्षहरूले आ–आफ्नो जिल्लाको अवस्था, अवसर तथा चुनौतीबारे संक्षिप्त प्रस्तुति दिने कार्यक्रम रहेको छ। त्यसैगरी, चैत २० गते शुक्रबार बिहान ८ बजे अधिवेशनको उद्घाटन समारोह हुनेछ। उद्घाटन समारोहमा जिल्ला शाखाका अध्यक्षहरूलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।
चैत २० गते बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुने जनाइएको छ, जसमा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा छलफल गरिनेछ। अधिवेशनको मुख्य आकर्षणका रूपमा दिउँसो २ बजे नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ भने दिउँसो ४ बजे समापन कार्यक्रममार्फत अधिवेशन सम्पन्न गरिनेछ।
संघले अधिवेशनलाई संगठन सुदृढीकरण, पत्रकारहरूको हकहित संरक्षण तथा भावी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

Comments