के भयो देको मिवा जग्गा एकीकरण आयोजना पीडितसँंगको छलफल?


चैत १५, २०८२, आइतबार | राति ०९:५० बजे | 290


के भयो देको मिवा जग्गा एकीकरण आयोजना पीडितसँंगको छलफल?

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा संचालित देको मिवा इटापाके जग्गा एकीकरण आयोजनामा स्थानीय उपभोक्ताहरुका न्यायोचित मागहरु सम्बोधन गर्ने विषयमा सरोकारवालाहरुसंग सकारात्मक छलफल भइरहेको छ । यसै क्रममा नगरकोट सडक छेऊमा आयोजनापूर्व नगरपालिकाको नियमानुसार नक्सापास गरी घर निर्माण गरेका घरधनीहरुको आइतबार नगरपालिका सभाकक्षमा छलफल सम्पन्न भयो ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष एवम् वार्ता समितिका उकेश कवांले जनभावनाको कदर गर्दै स्थानीय उपभोक्ताहरुको अधिकतम् हितमा आयोजनालाई अगाडि बढाउन प्रयत्नशील रहेको बताउनुभयो । सल्लाघारीदेखि देकोचासम्मको नगरकोट सडकको छेऊमा आयोजना अन्तर्गत परेका घरजग्गाका जनताको समस्यालाई नगरपालिका र आयोजनाले गम्भीरतापूर्वक अध्ययन गरिरहेको उल्लेख गर्दै उहाँले सरोकारवालाहरुको माग र आयोजनाका प्राविधिकहरुको विश्लेषणका आधारमा यथासक्य चाँडो समस्या समाधान गर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी स्थानीय जनताले नगरकोट सडकको हालको अवस्था आयोजनापूर्व नै तय भई भौतिक निर्माण समेत भएको हुँदा आयोजनाबाट थप कटौती गर्न नहुने, जग्गाको मूल्यांकन रकम बढेको, जग्गा कटौती प्रकृयामा प्राविधिक त्रुटी रहेको लगायतका गुनासाहरु व्यक्त गर्दै जनप्रतिनिधिहरुबाट हाल भइरहेको प्रयत्न सकारात्मक रहेको बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

के भयो देको मिवा जग्गा एकीकरण आयोजना पीडितसँंगको छलफल?
के भयो देको मिवा जग्गा एकीकरण आयोजना पीडितसँंगको छलफल?

Comments