मधेश काठमाडौं जोड्न एउटा उदाहरणीय कार्यक्रम
चैत १५, २०८२, आइतबार | राति ०९:३२ बजे | 860
काठमाडौं, चैत १५
नेपाल हिमाल, तराई अनि पहाडको देश । यो हाम्रो सानो नेपालको विशेष विशेषता पनि हो । तर यही विशेषतालाई नकारात्मक रुपमा लिइन्छ, त पहाडे, त मधेशी ।
यही मधेशी अनि पहाडी (काठमाडौं) बासी वीचका बिभेदको खाडललाई पुर्ने उद्देश्यका साथ आइतबार राजधानीमा एउटा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ, जहाँं काठमाडौंबासीले तराईबासी सांसदलाई सम्मान अनि दिइयो बधाई ।
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोतरी क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित सांसद् उज्ज्वलकुमार झालाई मुल घर भक्तपुर भई हाल काठमाडौ वस्ने समाजसेवी मन्जित मल्ल प्रधानांगको परिवारले सम्मान अनि वधाई दिएका हुन्, जहाँं मधेशवादी अनि उपत्यकाबासी साथै देशका विभिन्न भागका विशिष्ट व्यक्तित्वहरु सहभागी थिए । कार्यक्रममा विजयी सांसद् नेता मात्रै थिएनन् आयोजकतर्फका समाजसेवीहरु पनि थिए । साथै थिए, त्यहाँ वकिल, कलाकार, पत्रकार अनि कोको कोको ।
कार्यक्रममा नवनिर्वाचित सांसद् झाले आफूले मधेशलाई काठमाडौंसँंग जोड्न चाहेको बताएका छन् । आफूलाई सम्मान अनि बधाई दिन आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद् झाले त्यसका लागि आफूले सेतुको रुपमा काम गर्न बताए । उनले मधेश, तराई पहाड हामी सवै नेपाली हुनुपर्नेमा विशेष जोड दिए ।
कार्यक्रममा भक्तपुर विकास समितिका अध्यक्ष राजुमृगेन्द्र जोशीले नवनिर्वाचित सांसद् झालाई मायाको चिनो प्रदान गरे । आयोजक मन्जित मल्ल प्रधानांगले हिमाल, पहाड, तराई हामी सवै नेपाली भन्ने भाबका साथ अगाडि वढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरुले पनि आआफनो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज मोक्तानले गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)