भक्तपुर बचतका ज्येष्ठ सदस्यहरुलाई ठूली ब्रम्हायणीमा भ्रमण


चैत १५, २०८२, आइतबार | राति ०७:२० बजे | 170


भक्तपुर बचतका ज्येष्ठ सदस्यहरुलाई ठूली ब्रम्हायणीमा भ्रमण

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ज्येष्ठ तथा बाल सदस्य उपसमितिको आयोजनामा ज्येष्ठ सदस्य बनभोज कार्यक्रम शनिबार भक्तपुर सुडालस्थित ठूली ब्रम्हायणीमा सम्पन्न भएको छ ।
जम्मा ९४ जना ज्येष्ठ सदस्य सहभागी रहेको उक्त कार्यक्रममा महिला र पुरुष ज्येष्ठ सदस्यले उत्साहपूर्वक भाग लिएका थिए । पुरस्कृतहरुलाई पुरस्कार वितरण गर्दै संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भक्तपुर बचतको स्थापना र हालको अवस्थाबारे अवगत गराउनुभएको थिया । उहाँले ब्याजको लोभमा नराम्रो संस्थामा पैसा जम्मा गर्दा विभिन्न समस्या आएको बताउँदै भक्तपुर बचतले आर्थिकसँगै विभिन्न सामाजिक क्रियाकलापहरु अगाडि बढाएकाले सबैको विश्वास जित्न सफल भएको बताउनुभयो । सामुदायिक सहकारीबाट नेपालमै पहिलोपटक व्यवस्थित आदर निकेतनको स्थापना गरेको बताउँदै हाल सिमित ठाउँभित्र ३५ जना ज्येष्ठ नागरिकहरुको सेवा गरी नमूनायोग्य काम गरेको स्पष्ट पार्नुभयो । पैसाको सुरक्षा नै महत्वपूर्ण भएको औंल्याउँदै अहिले धेरै ब्याजको लोभले सबै रकम लिएर भागेका सहकारीको कमी नभएको उहाँको भनाइ  छ । 
त्यस्तै आयोजक समितिका संयोजक बलराम प्रजापतिले ज्येष्ठ सदस्य बनभोज कार्यक्रम वार्षिक रुपमा भएका नियमित कार्यक्रमकै सिलसिला भएको बताउनुभयो । उहाँले स्वस्थ जीवनका लागि समकालिन व्यक्तिहरुसँगको घुलमिल र रमाइलोका लागि यो कार्यक्रमको आयोजना भएको स्पष्ट पार्दै भक्तपुर बचतले ज्येष्ठ सदस्यका लागि विगतका वर्षहरुबाट तिर्थाटन भ्रमण, पोषण वितरण, स्वास्थ्य शिविरलगायतका कार्यक्रम गरेको बताउनुभयो । 
कार्यक्रममा पुरुष र महिला ‘हट पोटाटो, पुरुष र महिला ‘म्युजिकल चियर’ र घ्याम्पो फुटाउने खेलहरु भएकोमा पुरस्कृतहरुलाई अतिथिहरुबाट पुरस्कार वितरण भएको थियो । कार्यक्रममा संस्थाका  ब्यवस्थापक सत्यनारायण साँयजूले पनि संस्थाको बारेमा जानकारी दिनुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर बचतका ज्येष्ठ सदस्यहरुलाई ठूली ब्रम्हायणीमा भ्रमण

Comments