नेपाल तरुण दल, सरकारको कदमप्रति आपत्ति


चैत १४, २०८२, शनिबार | दिउँसो १२:२० बजे | 100


नेपाल तरुण दल, सरकारको कदमप्रति आपत्ति

काठमाडौं — नेपाल तरुण दल ले हालैको राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले कानुनी राज्य, लोकतान्त्रिक मूल्य तथा विधिको शासनको पक्षमा आफू दृढ रहेको उल्लेख गर्दै वर्तमान सरकारलाई जनादेशअनुसार जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेको छ।

जारी प्रेस विज्ञप्तिमा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै गरिएको कारबाहीप्रति आपत्ति जनाइएको छ। यस्तो कदमलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भन्दै तरुण दलले कडा शब्दमा विरोध गरेको छ। विज्ञप्तिमा यस्ता एकपक्षीय निर्णयहरूले लोकतन्त्र र विधिको शासनमा नकारात्मक प्रभाव पार्ने तथा देशलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको उल्लेख गरिएको छ।

संगठनले सरकारलाई यस्ता निर्णयहरू पुनर्विचार गर्न, पारदर्शिता कायम गर्न तथा निष्पक्ष छानबिनको सुनिश्चितता गर्न आग्रह गरेको छ। साथै राजनीतिक सहिष्णुता कायम राख्दै देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउनु सबै पक्षको साझा जिम्मेवारी भएको स्मरण गराइएको छ।

अन्त्यमा, तरुण दलले शान्ति, स्थिरता र समृद्धिका लागि सबै राजनीतिक शक्तिबीच संवाद र सहकार्य आवश्यक रहेको बताउँदै देशलाई अस्थिर बनाउने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने प्रतिबद्धता जनाएको छ।

फाेटाेमा हेर्नुहाेस्...

नेपाल तरुण दल, सरकारको कदमप्रति आपत्ति

Comments