विद्वान गुरुङद्वारा बधाई तथा शुभकामना


चैत १३, २०८२, शुक्रबार | साँझ ०६:२६ बजे | 105


विद्वान गुरुङद्वारा बधाई तथा शुभकामना

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनको नियुक्तिपछि विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ।

यसैक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले नवनियुक्त मन्त्रीहरूलाई समेत बधाई दिँदै जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न कामना गरेका छन्।

गुरुङले अब बन्ने सरकारले जनताको अपेक्षा अनुसार प्रभावकारी र जनमुखी काम गर्दै देशको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उनले सन्देशको अन्त्यमा “जय नेपाल, जय तरुण” उल्लेख गरेका छन्।

Comments