भक्तपुरका बामपन्थी नेता काफ्लेले किन लेखे फेसबुकमा यस्तो? 


चैत १३, २०८२, शुक्रबार | साँझ ०५:४३ बजे | 655


भक्तपुरका बामपन्थी नेता काफ्लेले किन लेखे फेसबुकमा यस्तो? 

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का भक्तपुर सयोजक दामोदर काफ्लेले नयाँं सरकार गठनसँंगै सामाजिक सञ्जाल फेसबुकमा लामो लेखेर पोष्ट गरेका छन् । 
उनको पोष्ट जस्ताको जस्तै 

म रा,सो,पा समर्थक हैन!

तर

म जिवित रहुनजेल बामपंथी बिचार र समाजबाद कै पक्षमै हुनेछु !

तर हिजो बामपंथी हरुको २०४७ देखि नै बामपंथी हरु को शासन समालिरहदा .....

२०५१ मा मनमोहन अधिकारि प्रधान मन्त्री हुदाँ जनतामा देखिएको अाफनो गाउँ अाफै बनाउ र विद्ध भता कार्य बाट र माअोबादि जनयुद्ध बाट पाएको उपलब्धि बाट

दुईतिहाई बहुमत हुदाहुदै देसलाई भस्टचार को अखडा दलाल तस्कर हरुको भिड बटुलेर गुन्डागर्दी को

भरमा जनता माथि गरिएको अन्याँय को कारणले परिवर्तन को नाममा बदलिएको

भदौ २३,२४ को जेनजि अानदोलन ले बदलिएको राजनीतिक मोडले चुनाब हुदै

अाज दुईतिहाई नजिकै जनमत पाई अाज सरकार बन्दै गरदा सुभकामना साथ जनताको चाहाँना अनुसार शासन गरियोस् सुभकामना !????????????????????????????????????????????????

नेपालका लागि एउटा नयाँ अासा र जनता ले बिस्वाँस गरेको एक युवा प्रधानमन्त्रीको आगमनसँगै देशमा परिवर्तनको आशा पलाएको छ।

आज आशा जागेको छ—

भ्रष्टाचारीहरू कारबाहीमा पर्नेछन्, निर्मला पन्तका हत्याराहरू पक्रिनेछन्।

यी काण्डका मुख्य दोषीहरू जेलको कटघरामा देख्न चाहन्छु प्रधान मन्त्री बालेन्द्र शाहज्यू।

१)भदौ २३,२४ का हत्याका अभियुक्त लाई जेल चलान

२) लाउडा जहाज भ्रष्टाचार

३) वाइडबडी जहाज खरिद प्रकरण

४) सुडान घोटाला

५) लडाकु शिविर अनियमितता

६) ललिता निवास जग्गा प्रकरण

७) पतञ्जलि जग्गा प्रकरण

८) गिरीबन्धु टी–इस्टेट

९) टीकापुर जग्गा घोटाला

१०) लिची बगान जग्गा प्रकरण

११) बालमन्दिर र बाँसबारी जग्गा प्रकरण

१२) नक्कली भुटानी शरणार्थी प्रकरण

१३) भिजिट भिसा प्रकरण

१४) ओम्नी औषधि खरिद प्रकरण

१५) नेपाल ट्रस्टको जग्गा प्रकरण

१६) ३३ किलो सुन तस्करी

१७) ६० किलो सुन तस्करी

१८) सहकारी ठगी

१९) सेक्युरिटी प्रेस खरिद (७० करोड)

२०) टेरामक्स प्रकरण

२१) अन्तःशुल्क स्टिकर प्रकरण

२२) मेलम्ची आयोजना

२३) Ncell प्रकरण

यी सबै काण्डहरूको निष्पक्ष छानबिन होस्, दोषीहरूलाई जेल सजाय होस्— यही हाम्रो सपना हो।

आज भाबी प्रधानमन्त्री बालेन्द्र शाह को नेतृत्वमा अपराधीहरूलाई कारबाही हुनेछ भन्ने आशा गर्दछु।

भगवान रामजस्तै सत्य र न्यायको मार्गमा हिँड्नुहोस्।

तर कहिल्यै पनि अन्याय र भ्रष्टाचारको बाटो नअँगाल्नुहोस्।

हार्दिक शुभकामना।

 

Comments