भक्तपुर लेखापढीको चुनावः यस्तो छ अध्यक्ष पदका उम्मेदवार रानाको घोषणापत्र 


चैत १३, २०८२, शुक्रबार | साँझ ०५:२२ बजे | 1460


भक्तपुर लेखापढीको चुनावः यस्तो छ अध्यक्ष पदका उम्मेदवार रानाको घोषणापत्र 

भक्तपुर – नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष पदका उम्मेदवार रामशरण रानाले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले लेखापढी व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने लक्ष्यसहित १० बुँदे कार्यक्रम अघि सारेका हुन्।
रानाले स्मार्ट सिटी, जग्गा दर्ता तथा जग्गा बाँडफाँड जस्ता कार्य खोल्ने र बन्द गर्ने परम्पराको अन्त्य गर्दै तरलिकरणको पक्षमा आवाज बुलन्द गर्ने बताएका छन्। साथै लेखापढी व्यवसायलाई सुरक्षित र मर्यादित बनाउने, महिला व्यवसायीलाई सम्मान र आदर बढाउने उनको प्रमुख एजेन्डा रहेको छ। त्यसैगरी उनले पेशाबाट जीविकोपार्जन गर्न सहज वातावरण निर्माण गर्ने, सेवा प्रदायक कार्यालयबाट प्रदान हुने सेवामा एकरूपता ल्याउने र अदालत तथा न्यायिक निकायसँग समन्वय प्रणाली मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रानाको घोषणापत्रमा व्यवसायीको क्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गर्ने, योगदानमा आधारित पेन्सन र स्वास्थ्य बीमा व्यवस्था गर्न पहल गर्ने योजना पनि समेटिएको छ। त्यस्तै, ड्रेस कोड र परिचयपत्र अनिवार्य बनाउने तथा अर्धन्यायिक निकायमा सुशासन र पारदर्शिता कायम गर्न आवाज उठाउने उल्लेख छ। उम्मेदवार रानाले आफ्नो नेतृत्वमा व्यवसायलाई व्यवस्थित र सम्मानित बनाउँदै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने दाबी गरेका छन्।
एसोसिएसन जिल्ला शाखा भक्तपुरको १६ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनको उदघाटन शुक्रबार ब्रम्हायणी पार्टी प्यालेस भक्तपुर नगरपालिका ९ ब्रम्हायणीमा भएको हो । अधिवेशनले नयाँं कार्यसमिति निर्वाचित हुनेछ । यसका लागि रानासहितको प्यानल र अर्काे प्यानल गरी दुई वटा प्यानल चुनावी मैदानमा छ । चुवना भने शनिबार हुनेछ । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर लेखापढीको चुनावः यस्तो छ अध्यक्ष पदका उम्मेदवार रानाको घोषणापत्र 

Comments