गृहमन्त्रीमा सुधन गुरुग


चैत १३, २०८२, शुक्रबार | विहान ११:०० बजे | 85


गृहमन्त्रीमा सुधन गुरुग

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। 

संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। शाहले आजै दिउँसो १२:३४ मा शपथ लिने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैँले सम्हाल्ने छन्। उनीसँगै आजै शपथ लिन लागेको १५ सदस्यीय मन्त्रिमण्डलको सूची यस्तो छ:

मन्त्रालय मन्त्रीको नाम
प्रधानमन्त्री तथा रक्षा बालेन्द्र शाह (बालेन)
अर्थ स्वर्णिम वाग्ले
गृह सुधन गुरुङ
परराष्ट्र शिशिर खनाल
कानुन सोविता गौतम
ऊर्जा विराजभक्त श्रेष्ठ
उद्योग अमरेश सिंह
सामान्य प्रशासन प्रतिभा रावल
कृषि गीता चौधरी
सञ्चार विक्रम तिमिल्सिना
श्रम दिपक साह (महोत्तरी)
शिक्षा सस्मित पोखरेल
पर्यटन खडक (गणेश) पौडेल
महिला तथा बालबालिका सिता वादी
स्वास्थ्य तथा जनसंख्या निशा मेहता

नयाँ मन्त्रिमण्डलमा रास्वपाले विज्ञ र युवा अनुहारलाई प्राथमिकता दिएको स्रोतले बताएको छ।

Comments