पत्रकार मोहन कार्कीः बने रास्वपाका जिल्ला उपसभापति


चैत ११, २०८२, बुधबार | राति ०९:३७ बजे | 190


पत्रकार मोहन कार्कीः बने रास्वपाका जिल्ला उपसभापति

मोहन कार्कीको जन्म रामेछाप जिल्लाको साविकको ठोसे गा.वि.स. वाडन ८ डाडा गाँउ टोलमा भएको हो । उनका बुुबा मान बहादुर कार्की नेपाली काँग्रेसका वडा सदस्य समेत थिए । मध्यम परिवारमा जन्मेका मोहन कार्की सानैदेखि हक्की स्वभावका थिए । यस्ता मेहनती, इमानदार कर्तव्य निष्ठ व्याक्ति जन्माउने मोहन कार्कीकी आमा देव कुमारी कार्की हुन् । उनै देव कुमारी कार्कीको कोखवाट २०४० साल असोजमा जन्मेका कार्की अन्याय, अत्याचार नसहने तर सामाजिक काममा रुची राख्ने गर्दथे । रामेछाप जिल्लाको ठोसे गाविसको डाडागाउँ २०५५ सालतिर विकट भूूगोलमा चिनिन्थ्यो । २०५६ सालमा काठमाडौ आई पत्रिका बेच्ने हक्करको रुपमा जीविको पार्जन गर्दै आफैले पत्रिका बेचेर कमाई गरी पढाइ खर्च जुटाएर नन्दी रात्रि माविमा कक्षा ६ मा भर्ना भएर माध्यम तहसम्मको शिक्षा सोही नन्दी रात्रि माविवाट एसएलसी उत्रिर्ण गरेका छन् । उच्च शिक्षा पशुुपति क्याम्पसवाट माक्स कम्युनिकेशन एण्ड जर्नालिज्ममा प्लस टुु उत्रिर्ण गरेका छन् । नेपाली पत्रकारितामा हक्कर देखि प्रधान सम्पादकको भूमिकामा रहेर लामो समय काम गरेका छन् । उनको परिचय यतिकैमा सकिदैन । मोहन कार्की सानै उमेरमा बामपन्थी आन्दोलनमा पनि सक्रिय थिए । २०४८ सालमा नै शारदा मावि ठोसेमा अनेरास्वियुुको प्रक सदस्य भएर काम गरेका कार्की २०५६ सालमा काठमाडौ आएर पत्रिका बिक्रेताको रुपमा काम गर्न थालेपछि प्रगतिशील पत्रिका बिक्रेता संघको सचिवको रुपमा काम गरेर संगाठानिक सफल भूूमिका निर्वाह गरेर काम गर्न सफल भएका थिए । प्रगतिशील मजदुर संगठनको महासचिव जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह समेत गरेका थिए । नेकपा मालेकै युवा संघको उपाध्यक्ष भएर काम गरेका कार्कीले नेकपा मालेको केन्द्रीय सदस्य भएर काम गर्दै रामेछाप दोलखा जिल्लाको ब्यूूरो इन्चार्ज समेतको जिम्मेवारी सगालेर काम गरेका थिए ।२०७३ सालमा नेकपा मालेका केन्द्रीय सदस्य समेत भएर काम गरिसकेका कार्की २०७४ सालमा नेकपा माले पार्टीवाट रामेछाप जिल्लाको प्रतिनिधिसभा सदस्यको उम्मेद्धार भएका थिए । उनले त्यतिवेला ३२८५ मत ल्याएर रामेछाप जिल्लामा तेस्रो स्थान हाशिल गरेका थिए । त्यसैगरी २०७९ सालमा भएको निर्वाचनमा ८५८ मत ल्याउन सफल भएका थिए । २०८२ साल मंसिर ११ गतेवाट उनले बामपन्थी आन्दोलन छोडेर प्रजातान्त्रिक व्यवस्था मान्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रामेछाप जिल्लको उपसभापति पदमा जिम्मेवारीको भूमिका निर्वाह गर्दै आईराखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापमा संगठन निर्माणमा मोहन कार्कीले गुुम्देल देखि गौश्वरासम्मका ६४ वटै वडामा त्यहाका स्थानीयहरुलाई रास्वपामा आवद्ध गराउन महत्वपूूर्ण भूूमिका निर्वाह गर्दै आईरहेका छन् । उनै कार्कीले स्थापना गरेको सागाठानिक जगमा हाल रामेछापवाट डां कृष्णहरि बुुढाथोकीले प्रतिनिधिसभा सदस्यमा चुुनाव जितेका छन् । मोहन कार्कीले रामेछाप जिल्लाको विकासको लागि भौगोलिक रुपमा परिवेष सुहाउदो तरिकाले विकास गर्न पहल गर्दै आएका छन् । उनी पत्रकार, समाजसेवी मात्र होइनन् लेखक पनि हुन् । उनले लेखेको माइली उपन्यास, कृपज कृषि–पर्यटन–जलविद्युत देश विकासको आधार शिर्षकमा विकासवादी किताब कृति प्रकाशन गरेर नेपाल देशको विकासको मोडल समेत दिएका छन् । कवि, गीतकार पनि हुन् । उनले आउन साथी आउ सवै मिली विजयीको मिठो गीत गाउ बोलको स्वदेश गान र मलाई सुुन्द नेपाल बनाउने रहर छ स्वदेश गान जन आकाश टिभी युुटुुव च्यानलवाट सार्वजनिक गरिसकेका छन् । थुप्रै फुुटकर कविता, मुुक्तक लेखेर सार्वजनिक गरेका छन् । रामेछाप जिल्लाको गोकुलगंगामा जन्मेका मोहन कार्की स्थानीय सरकारले गर्नुपर्ने काम गर्न अवसर पाएमा स्थानीय ऐन, कानूून, नियम राम्रो बुुझेको हुनाले स्थानीय सरकारको नेतृत्व गर्न सक्षम व्याक्तित्वको रुपमा चिनिन्छन् । नेपालका झण्डै ४० वटाभन्दा बढी जिल्ला घुमिसकेका कार्कीले छिमेकी राष्ट्र भारत भ्रमण गरेका छन् ।

Comments