भक्तपुर चेम्बरद्धारा बधाई कार्यक्रम आयोजना 


चैत ११, २०८२, बुधबार | साँझ ०५:२३ बजे | 115


भक्तपुर चेम्बरद्धारा बधाई कार्यक्रम आयोजना 

सागर गुरागाईं
मध्यपुर थिमि – भक्तपुर चेम्बर अफ कर्मशद्धारा गत फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक तर्फ भक्तपुर बाट निर्वाचित सांसदहरुलाई बधाई, शुभकामना एवं सम्मान कार्यक्रम २०८२ आयोजना गरियो । भक्तपुर चेम्बरका अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रत्यक्ष तर्फ भक्तपुर क्षेत्र नं. १ बाट नवनिर्वाचित सांसद रुकेश रंजित, भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित राजिव खत्री र समानुपातिकबाट मदनकृष्ण श्रेष्ठ, डा.गंगा लक्ष्मी अवाल, कुसुम महर्जन र प्रमिला कुलुजुलाई फुलको माला रातो टिका, खादा एवं सम्मानपत्रद्धारा सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय अध्यक्ष कमलेश कुमार अग्रवाल र भक्तपुर चेम्बरका पदाधिकारीहरुले नवनिर्वाचित सांसदहरुलाई संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा भक्तपुर चेम्बरका अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठले भक्तपुर जिल्लाबाट प्रत्यक्ष र समानुपातिक सांसदहरुलाई बधाई दिदैं व्यवसायिक क्षेत्रका साझा समस्या र समाधान बारे बुदाँगत सुझाव राख्नुभयो । कार्यक्रमका सभापति समेत रहेका श्रेष्ठले भक्तपुरको मौलिक उत्पादनको प्रर्वधन, हस्तकला, सडक, सम्पदा व्यवस्थित सहरीकरण, करका दरमा एकद्धार नितिदेखि हस्तकलाका सामानहरुको उत्पादन र बजार व्यवस्थापन सम्बन्धि समस्या र समाधानका उपायसहित बुदाँगत जानकारी दिनुभयो । कार्यक्रममा नवनिर्वाचित सांसदहरु रुकेश रंजित, राजिव खत्री, मदनकृष्ण श्रेष्ठ, डा.गंगा लक्ष्मी अवाल, कुसुम महर्जन लगायतले भक्तपुरको समग्र विकास, आर्थिक समृद्धि लगायतका विषयमा साझा धारणाका साथ संसदमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय अध्यक्ष कमलेश कुमार अग्रवाल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण मुरारी न्यौपाने, भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार रोशन भोयजु लगायतका अतिथिवक्ताहरुले विधायक सांसदहरुको काम, कर्तव्यदेखि व्यवसायिक समस्या र समाधानका उपायहरु बारे जानजकारी दिदैं नवनिर्वाचित सांसदहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । मध्यपुर थिमि नपा ३ चारदोबाटो स्थित थिमि बैैैंक्वेटमा भएको उक्त कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष जगत बहादुर श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । भक्तपुर चेम्बर अफ कमर्शका महासचिव सुरेन्द्र जाकिबन्जारले संचालन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर जिल्लामा संचालित विभिन्न वस्तुगत संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुले संघिय सांसदहरुलाई विरोधको भन्दा पनि विकासको राजनिति गर्न आग्रह गर्दै शुभकामना दिएका थिए । 
 

Comments