भक्तपुर क्षेत्र नं १ का सांसद् रुकेश रञ्जितले ऐला खाएपछि......


चैत १०, २०८२, मङ्गलबार | राति १०:२० बजे | 780


भक्तपुर क्षेत्र नं १ का सांसद् रुकेश रञ्जितले ऐला खाएपछि......

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्स भक्तपुरको आयोजनामा भक्तपुर जिल्लाभित्र नवनिर्बाचित प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा मंगलबार साँंझ बधाई तथा शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल चेम्वर अफ कमर्सका केन्द्रिय अध्यक्ष कमलेशकुमार अग्रवाल रहेका थिए । 
कार्यक्रममा भक्तपुर क्षेत्र नं १ र २ दुवै क्षेत्रबाट प्रत्यक्षतर्फका विजयी उम्मेदबार दुवैका साथै समानुपातिकबाट सांसद् बनेका तीन जना गरी कुल पाँंच जनालाई बधाई तथा शुभकामना दिइएको थियिो । कार्यक्रममा भक्तपुरबाट समानुपातिक सांसद् एकजना अनुपस्थित थिए । 
कार्यक्रममा भक्तपुर क्षेत्र नं १ बाट विजयी रुकेश रञ्जित, २ बाट विजयी राजीव खत्रीले बोलेका थिए । साथै समानुपातिकतर्फका सांसद्हरु मदनकृष्ण श्रेष्ठ, डा गंगालक्ष्मी अवाल र कुसुम महर्जनले आआफनो भनाई राखेका थिए । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको थियो । 
कार्यक्रमको सुरुमा भक्तपुरका उद्योग व्यवसायीका समस्या र त्यसका लागि ध्यानाकर्षण हुनुपर्ने विषयमा नवनिर्वाचित सांसद्हरुलाई सुनाएर बुझाइएको थियो । साथै कार्यक्रममा नवनिर्वार्चित सांसद्हरुलाई नेवारी परम्परा अनुसार धौ स्वगं   (ऐला) सहित पनि दिइएको थियो । त्यस क्रममा भक्तपुर क्षेत्र नं १ का सांसद रुकेश रञ्जितलगायतले ऐलाको सम्मान गर्दै अण्डा र ऐला (सलिचामा राखिएको) खाएका थिए । कार्यक्रमपछि रात्री भोज पनि भएको थियो । 
 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर क्षेत्र नं १ का सांसद् रुकेश रञ्जितले ऐला खाएपछि......
भक्तपुर क्षेत्र नं १ का सांसद् रुकेश रञ्जितले ऐला खाएपछि......

Comments