अवधूत गीता ः सङ्क्षिप्त परिचर्चा


चैत १०, २०८२, मङ्गलबार | दिउँसो ०२:३९ बजे | 45


अवधूत गीता ः सङ्क्षिप्त परिचर्चा

डा. इन्दुल के.सी.

भक्तपुर (सम्पर्क ९८४१३३४११३)

शुभारम्भ खासगरी हिन्दुहरुका आध्यात्मिक दर्शन ग्रन्थ धर्मशास्त्र, पुराण कथा आदि पुस्तकहरुमा “गीता” शव्द जोदिएको पाइन्छ । श्रीमद्भागवद् गीता, श्री राम गीता, अष्टावक्र गीता जस्तै आवधू गीता पनि एक ग्रन्थ हो । अषधूत गीताका रचयिता भगवान् दत्तात्रेय मानिन्छन् । दत्रात्रेयलाई ३ वटा देवताहरु ब्रम्हा, विष्णु र महेश्वरको एकाकार अवतारको रुपमा लिइन्छ । उनै दत्तात्रेयको दोस्रो नाम हो अबधूत अबधूतको बारे चर्चा गर्नु भन्दा पहिले दतात्रेयका बारे केही कुरा उल्लेख गर्नु सान्दर्भिक हुनेछ । पिता अत्रिऋषि र माता अनुसूयाका सुपुत्र दत्तात्रेयको महत्वको वर्णन श्रीमद् भागवत महापुराण, आर्कण्डेय पुराण, ब्रम्हाण्ड पुराणको साथै दत्तात्रेयसंग सम्बन्धित धेरै उपनिषद्हरुमा पनि उल्लेख भएको पाइन्छ । दत्तात्रेयको पुजा आराधना गर्ने मथमन्दिरहरु भारतको महाराष्ट्र, गुजरात, मध्ये प्रदेश, राजस्थानमा छन् । नेपालको भक्तपुर नगर तचपाल टोलमानि रहेको छ । भक्तपुरको दत्तात्रेय मनिदर अत्यन्त कलात्मक र अति सुन्दर मनमोहक मन्दिरका रुपमा रहेको छ । यहाँ हरेक बर्ष श्रावण महिना भर र महाशिवरात्रीको वेला मेला लाग्छ । भगवान श्री दत्तात्रेयज्यूले भक्त प्रल्हादलाई अद्धैत दर्शनको ज्ञान प्रदान गरेको थियो । श्री परशुरामलाई एकाइस पुस्ता सम्मका श्रेत्रीयहरुलाई संहार गरेको संतापबाट तडपिएकालाई मुक्ति दिएका थिए । दत्तात्रेय स्वयमका २४ गुरुहरु पनि छन् । उनका गुरुहरु हुन् ः (१) समुद (२) अजिंगर (३) भ्रमरा (४) हात्ती (५) मृग (६) पृथ्वी (७) बायु (८) अकाश (९) जल (१०) अग्नि (११) चन्द्रमा (१२) बालक (१३) सूर्य (१४) पतङ्गे कीरा (१५) माकुरो (१६) कमलकोटी कीरो (१७) मौरी (१८) माछो (१९) पिङ्गला नाउँकी बेश्या (२०) कुमारी कन्या (२१) सर्प (२२) धनुष बान कर्मी (२३) चिल र (२४) परेवा उल्लेखित २४ वटाले गर्ने विभिन्न महत्वपूर्ण कार्यहरुलाई आधारमानि उनले तिनीहरुलाई गुरुको रुपमा स्वीकारेका हुन् । भगवान दत्तात्रेयले महाराजले माथि उल्लेख भएका २४ वटालाई गुरुमानी प्राप्त गरेको ज्ञानको आधार लिई दिइएका उपदेशहरुको विस्तृत विवरणलाई नै अवधूत गीता भनिन्छ । अबधूत यी ४ वटा अक्षरहरु छन् । यी ४ वटै अक्षरहरुको अलग अलग अर्थछन् । अबधूूत गीता संन्यासीहरुले व्यापक रुपमा परिपालन गरिन्छ । अबधूत (सत्य) सच्चा सन्यासीहरु स्वयमपनि अबधूत मानिन्छ । अबधूतले आफुलाई कहिलै पनि नास नहुने अविनाशी हु भन्ने मानिन्छ । यो दर्शनले, विषयले द्धैत र अद्धैत भन्ने जस्ता दुईवटा दर्शनहरुको अवगत हुन्छ । अबधूत द्वैत होइन अ द्वैत दर्शनको व्यापक रुपमा परिचर्चा गर्दछ । यसका अ द्वैैत पक्षको चरम अवस्थाको वर्णन गरिन्छ । आत्मा र परमात्मा भन्नु कुनै दुई अलग विषय होइनन्, एउटै हो भन्ने कुरामा मान्यता राख्दछ । यो सारा संसार ब्रम्ह स्वरुप छ । नाथ सम्प्रदायका योगीहरु र सिद्ध बाबाहरुले यो अद्वैत दर्शनलाई विशेष रुपमा अनुसरण गर्दछन् । यो आत्मा साक्षात्कारमा केन्द्रित हुन्छ । अबधूत गीतामा खासगरी आत्माको अमरता र संसार रुपी माया मोहको बर्णन गरिएको पाईन्छ । अबदूत गीतामा मुख्य निम्न अनुसारका उपदेशहरु पाइन्छ । ति हुन् (१) एकत्वको अनुभव आत्मा सर्वव्यापी छ । यो आकाश जस्तो व्यापक र शुद्ध छ । आत्माको जन्म र मरण भन्ने कुरै हुदैन (२) द्धैैतको निषेत्रः सत्य र असत्य बन्धन र मुक्ति भन्ने कुरा केवल हाम्रो मनको परिकल्पना मात्र हो । (३) नेति–नेतिः– उपनिषदहरुले जस्तै यो पनि नेति–नेति (यो होइन त्यो होइन भन्ने माध्यमबाट निराकार ब्रम्हको जानकारी गराउने विषय हो । सहज अवस्था – योगीहरुलाई बाहिरी अनुष्ठानको आवश्यकता हुदैन । उनिहरुलाई त केवल आफ्नो सहज प्रकृतिको अवस्थामा स्थित रहनुलाई नै महत्वपूर्ण विषय मानिन्छ । यो अबधूत गीता भन्ने ग्रन्थले केवल भक्ति र कर्मकाण्डबाट अलग पारेर ज्ञानको पराकाष्ठ दिलाउँछ भनेर यसलाई बुझ्न पर्छ । निष्कर्ष अबधूत गीता अद्धैतबाद सित सम्बद्ध दर्शन हो । यसमा एकत्वको भाव र अबुशब रहन्छ । यसलाई विशेषत आध्यात्मिक संप्रदायका योगी महात्माजनले परिपालन गर्दै प्राकृतिक अवस्थामा स्थिर रहने विषयलाई प्राथमिकतामा राख्दछन् । जिज्ञासु पाठकले यो अबधूत गीताको अध्ययन गर्न सके सहजै यसबाट अदभुत ज्ञान प्राप्त गर्न सकिनेछ । सन्दर्भसूची १. डा. चक्रवर्ती, क्षितिशचन्द्र, अबधूत गीता २०६९, अद्वैत संस्था, कोटेश्वर शाखा, नेपाल । २. श्रेष्ठ, गोविन्दमान, (२०६९), भगवान श्री दत्तात्रेय तथा वहाँका २४ गुरुहरु, रास भजन मण्डल, भक्तपुर, तचपाल ।

Comments