विनायकमा स्क्र्याबल च्याम्पियनसिप सम्पन्न
बैशाख ३०, २०८३, बुधबार | राति ०९:२६ बजे | 165
मध्यपुर ठिमी भक्तपुर
विद्यार्थीहरूलाई विभिन्न इसिए तथा सिसिएका माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही वैशाख २८ र २९ गते सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका बीचमा scrable championship प्रतियोगिताको आयोजना गरियो। विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा आयोजित उक्त प्रतियोगिता कक्षा ४ र ५ ,कक्षा ६ र ७ र ८-९ गरी तीनवटा समूहका करिब ९० जना विद्यार्थीहरूले उक्त प्रतियोगितामा सहभागी जनाएका थिए। विद्यार्थीहरूमा सृजनात्मकता तथा नवीन सोचको विकास गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्ने स्क्र्याबल च्याम्पियनसिप मा जम्मा ३ राउन्ड तिनै समूहमा सो खेल खेलाइएको थियो। सो खेलको सिनियर च्याम्पियनसिपमा धेरै वर्षदेखि नेसनल च्याम्पियनमा छनोट भएर अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा समेत चौथो हुन सफल मेधाबी विद्यार्थी तुलज प्रजापति उत्कृष्ट प्रतियो तथा सागर दुलाल दोस्रो उत्कृष्ट र सोमिया श्रेष्ठ तेस्रो उत्कृष्ट हुन सफल भएका थिए। सो प्रतियोगितामा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले सम्पूर्ण सहभागी हुने विद्यार्थीहरुलाई उत्कृष्ट खेल प्रस्तुत गर्दै आफूभित्रको क्षमता अभिवृद्धि गर्न शुभकामना दिनुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...
